मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रचण्डबीच छलफल, रेग्मीद्धारा राष्ट्रपतिसँग पनि भेट

668 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाण्डु /अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावी कार्यतालिका प्रभावित नहुने गरी असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउन एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभएको छ । अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा आईतबार  भएको भेटवार्तामा रेग्मीले सरकार निर्वाचन कार्यतालिका अनुसार अघि बढेको भन्दै निर्वाचन आयोगको कार्य तालिकामा कुनै असर नपर्ने गरी निर्वाचन आन्दोलनरत दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयास गर्न आग्रह गर्नुभएको थियो । संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्ने विषयमा पनि छलफल भएको रेग्मीको निजी सचिवालयले जनाएको छ । अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले अध्यक्ष रेग्मीले सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मङ्सिर ४ को निर्वाचन सम्पन्न गर्ने कार्यमा क्रियाशील रहेको जानकारी गराएको बताउनुभयो ।

यसैबीच आगामी निर्वाचन गरिने भनिएको सेना परिचालनको बारेमा मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले राष्ट्रपति डा रामवरण यादवसँग छलफल गर्नुभएको छ । उहाँले सेना परिचालन गर्नलाई आइपर्ने संवैधानिक अड्चनलगायतका विषयमा कुराकानी गर्नुभएको जनाइएको छ ।