गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा रामचन्द्र खरेलको उम्मेदवारी
593 पटक पढिएको
वाशिंटन, डिसी /गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदमा २०१३-१५ को कार्यकालको लागि गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद अमेरिकाजका क्षेत्रिय सह संयोजक । हाल कार्यवाहक संयोजक रामचन्द्र खरेलले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।
नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा हुने प्रायजसो उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आउनु भएका खरेल धेरै नेपाली परोपकारी कार्यहरुमा दाताका रुपमा सुपरिचित हुनुहुन्छ साथै नेपालको विकासको क्षेत्रमा लगानीकर्ताको रुपमा समेत चिनिनु हुन्छ ।
रामचन्द्र खरेल गैर आवासिय नेपाली संघमा आवध्द हुनुका साथै उत्तर अमेरिकामा एक प्रतिष्ठित मिडियाकर्मी व्यक्तित्वका रुपमा सुपरिचित हुनुहुन्छ । नेपाली टेलिभिजनको इतिहासमा नेपाल वाहिर पहिलो नेपाली टेलिभिजन कार्यक्रम सन्चालन गर्ने प्रथम व्यक्तिको श्रेय पनि उहाँमै जान्छ । उहाँले विगत १७ वर्षदेखि सगरमाथा टेलिभिजन सन्चालन गर्दै आउनु भएको छ जसमार्फत नेपालको चिनारी विश्व समुदायमा पुऱ्याउने काम भएको छ भने नेपाली भाषा, साहित्य तथा संस्कृति प्रवर्धनमा समेत योगदान पुगेको छ । नेपालको पर्यटन प्रवर्धनमा लामो समयदेखि लागि परेका खरेलले सन् २०१० देखि अँग्रेजी भाषामा नेपाल दर्शन टेलिभिजन कार्यक्रम सन्चालन गरी नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिनु भएको छ । जसको कदरस्वरूप नेपाल पर्यटन वोर्डले उहाँलाई हालै मानार्थ पर्यटनदूतमा नियुक्त गरेको छ ।
गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको सचिव पदको उम्मेदवारी घोषणा गर्दे उहाँले आफूले गैर आवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई आत्मसात गर्दै गैर आवासिय नेपाली संघका भावी कार्यक्रमहरुमा पूर्ण सहभागी भइ आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गैर आवासीय नेपालीहरुको गौरवका लागि पहल गरी समृध्द नेपाल बनाउनका लागि सधैं दृढ रहने वताउनु भएको छ ।