आज बिजयादशमी, टिकाको उत्तम साईत ११ बजेर ३६ मिनेट
186 पटक पढिएको
काठमाडौं२६ असाेज २०८१ । आज बडा दशैको मुख्य दिन विजया दशमी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा छ ।
घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ३३ मिनेटमा छ । टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन छ ।
ठूला वा मान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता छ ।
विजया दशमीको दिन टीकाको साइत गरेसँगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन छ ।
तर, केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टीका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सकिनेछ ।
3 thoughts on “आज बिजयादशमी, टिकाको उत्तम साईत ११ बजेर ३६ मिनेट”
Comments are closed.
I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav
I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav
dodb buzz I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.