धादिङबेसीको बजारमा नक्कली नोट

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,११ असोज / चाडवाडको आगमन संगै सदरमुकाम स्थित धादिङबेसी बजारमा नक्कली नेपाली रुपैयाँ भेटिन थालेको छ । वजारमा बाह्रै महिना नक्कली नोटको कारोवार हुने गरेको भएपनि बिशेषगरी दशै तिहार जस्ता चाडवाडको बेलामा भने केही बढी कारोवार हुने गर्दछ । मानिसहरुको चहल पहल धेरै हुने होटल तथा पसलहरुमा ग्राहक बनेर आउने केही व्यक्तिले नक्कली नोट दिएर ठगि गर्ने गरेका छन । यसैक्रममा बिहिबार धादिङबेसीमा भेटिएको १ हजार दरको नेपाली नोट नक्कली भेटिएको छ ।thousand_note_nepal
सदररमुकामका एक जना व्यापारीले बैकमा जम्मा गर्न लगेको १ हजारको नोट बैंकले फर्काएपछि नोट नकक्कली भएको खुलासा भएको हो । सदरमुकामको एक बैंकले नोटमध्ये एक नोट नक्कली भएको आसंकामा सम्वन्धित बचत कर्तालाई नै फिर्ता गरेको जनाएको छ । तर बैकले नोट कस्ले नोट ल्याएको हो सो बारेमा केही खुलाउन चाहेन ।
बैकमा नक्कली नोट आएपछि प्रमाणित भएमा कारबाही हुने डरले नक्कली नोट बजारमा आउँदा आफ्ना ग्राहकसंगको सम्वन्ध विग्रने डरले बैकले यसवारेमा केही नवताउने गरेको एक व्यवसायीले वताए । सदरमुकाममा रहेका अधिकांश बैकमा बचत तथा अन्य कार्यका लागि लगिएका नेपाली नोटहरुमा दिनहुंजसो नक्कली भेटिने गरेको भएपनि बैकले गुपचुप राखिंदिंदा नक्कली नोटको कारोवार गर्नेहरुको मनोवल बढेको व्यवसायीहरुको गुनासो छ ।
पातलो, नोटको रङ सजिलै उडेर जाने र सुरक्षा धागो प्रयोग नभएको नोट भेटिएमा तुरुन्त प्रहरीलाईखबर गर्न र नक्कली नोटको संका लागेमा जाँच गराएर मात्र प्रयोगमा ल्याउन राष्ट्रबैंकले सबैलाई आग्रह गर्ने गरेको छ । बिहीवार सदरमुकाममा भेटिएको दुई ओटामध्ये घ १२। ९१९५४२ न.ं को नोट नक्कली भएको भन्दै बैंकले फिर्ता गरेको बताईएको छ । नोट बैकमा जम्मा गर्न ल्याइएको र नोटमा शंका लागेपछि सम्वन्धित व्यक्तिले नै फिर्ता लगेको बैँकका एक कर्मचारीले वताए । बजारमा भेटिएको नोटको सम्बन्धमा जानकारी लिनलाग्दा एक होटल सञ्चालकले आफ्नो नाम नभन्ने सर्तमा आफ्नो होटलमा नोट ल्याएको व्यक्तिबारे पहिचान गर्न नसकिएको तर अबका दिनमा सतर्क हुने बताएका छन् ।