धादिङ बेसीमा पहिलो पटक डिपाटमेन्ट स्टोर सञ्चालनमा

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /आम सर्बसाधरणको बढ्दै गएको व्यस्तता र सामान खोज्दै पसल पसल धाउनुपर्ने झण्झटवाट राहत दिन धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसीमा पहिलो पटक डिपाटमेन्ट स्टोर सञ्चालनमा आएको छ । 1209297_4911711930987_1549636355_n (1)
तीन जना युवा व्यवसायी शान्तविक्रम बानियाँ, रमेश अधिकारी र गोविन्द बुढाथोकीले करिव १ करोड लगानीमा साझा मार्ट सञ्चालनमा ल्याएका हुन् । ग्राहकको खाद्यअधिकार सुरक्षित गर्न, गुणस्तर र परिमाणमा सुनिश्चता गर्न र सुपथ मूल्यमा सामान किनबेच गर्न साझा मार्ट खोलिएको साझा मार्टका सञ्चालक रमेश अधिकारीले बताउनु भएको छ । ग्राहकको स्वास्थ्य र सन्तुष्टिलाई ध्यान दिएर व्यवसायलाई अगाडि बढाउने सञ्चालकहरुले बताएका छन् । धादिङबेसी विचबजारमा रहेको यस साझा मार्टमा घरायसी प्रयोगमा आउने सम्पूर्ण सामग्री पाइने बताइएको छ ।