धादिङमा बागमती साहित्यिक महोत्सव हुने

82 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, ४ माघ २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा बागमती साहित्यिक महोत्सव हुने भएको छ ।
आगामी फागुन १६ र १७ गते सदरमुकाम धादिङबेशीमा बागमती साहित्यिक महोत्सव हुन लागेको हो ।
प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  सहयोगमा कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान,नेपाल पत्रकार महासंघ धादिङको व्यवस्थापनमा साहित्यिक महोत्सव हुने भएको हो।
 कर्मचारी मिलन केन्द्र धादिङका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा  शुक्रबार बसेको बैठकले बागमती साहित्यिक महोत्सव गर्ने  निर्णय गरेको हो।बैठकले महोत्सव संचालन गर्न  मुल संयोजन समिति गठन गरेको छ। मिलन केन्द्रका अध्यक्ष आचार्यको संयोजकत्वमा गठन भएको समितिमा प्रकाश पौडेल, गायत्री खतिवडा, सिताराम अधिकारी, डा.नविन बन्धु पहाडी, देवी प्रसाद अधिकारी र लालकाजी श्रेष्ठ सदस्य रहेका छन् । महोत्सवले साहित्यिक ऐतिहासिक सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धनमा सहयोग पुग्ने बताइएको छ।

गत जेठ २० गते पनि  संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहयोग तथा धुनिबेशी नगरपालिकाको समन्वयमा धुनिबेसी नगरपालिका-५ गोरखनाथ मन्दिर परिसरमा साहित्यिक सम्मेलन गरिएको थियो ।

साहित्य मार्फत बागमती प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि  भन्दै साहित्यिक सम्मेलन आयोजना गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *