विश्व शिक्षक दिवस अक्टोबर ५ को अवसरमा जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगिता

1068 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१९ असोज / शिक्षाको गुणस्तर सुधारका लागि गुणस्तरीय शिक्षाका पुर्वाधार,शिक्षकहरुको सामाजिक सुरक्षा र शिक्षामा राज्यको लगानी बढ्नुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले वताउनुभएको छ ।
देशभरीका शिक्षकहरको समस्या समाधान गर्न शिक्षा मन्त्रालयमा सरोकारवालाहरुको सहभागितामा शैक्षिक संवाद समिति गठन गरी छलफल संवादको माध्यमवाट निकास खोज्ने कार्य शुरुवात भएको शर्माले वताउनुभयो । विश्व शिक्षक दिवसको अवसर पारेर शनिवार धादिङबेसीमा आयोजित जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगिताको उदघाटन गर्दै संगठनका महासचिव शर्माले यस्तो बताउनुभएको हो ।SAM_0547 संगठनका जिल्ला अध्यक्ष बैकुण्ठ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका पुर्व केन्द्रिय सचिव एवम नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रामप्रसाद अधिकारीको बिशेष आतिथ्य रहेको थियो । यसैगरी संगठनका केन्द्रिय लेखा आयोगका सदस्य ध्रुवराज खतिवडा,वागमती अंचल सदस्य बिष्णु भट्टराई,पेशागत महासंघका अध्यक्ष कृष्णप्रसाद अर्याल,नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष कृष्णलाल उप्रेती प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य केशव अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले विश्व शिक्षक दिवस अक्टोबर ५ को अवसर पारेर आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा १६ जनाले आफ्नो रचना प्रस्तुत गरेका थिए । प्रतियोगितामा कोपिला काप्री प्रथम,प्रकाश सापकोटा द्धित्तीय,हिरालाल श्रेष्ठ तृत्तीय र ओजस्वी दुवाडी सान्त्वना भएका छन । प्रतियोगितामा विजयी भएकाहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव शर्माले नगद र प्रसंसा पत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने लाई नगद रु २ हजार द्धितिय हुनेलाई १५ सय तृतिय ृहुनेलाई १ हजार र सान्त्वना हुने लाई ५ सय र प्रमाण पत्र प्रदान गरिएको थियो ।