पत्रकार खतिवडाको खुलापत्र सार्वजानिक

564 पटक पढिएको

सम्पादक: Dhadingnews.com

चितवन ९,कार्तिक  /चितवनका पत्रकार राधेश्याम खतिवडाको लेखहरुको संग्रह ‘खुलापत्र’ पुस्तक सार्वजानिक भएको छ । जिल्लाका विभिन्न सेवा प्रदायक निकाय र आम सरोकारका विषयमा लेखिएका लेखहरुको संग्रहलाई पत्रकार खतिवडाले पुस्तक मार्फत सार्वजानिक गर्नुभएको हो ।bimochan पुस्तकमा जिल्लाका महत्वपुर्ण कार्यालयले दिने सेवासुविधा र त्यससंग सरोकार राख्ने बिषयहरु समाबेस भएको लेखक खतिवडाले बताउनु भयो । नेपाल पत्रकार महासंघ चितवनका सचिव समेत रहेका खतिवडाले खुलापत्र पुस्तकमा पात्र केन्द्रीत भई प्रवृतिलाई उजागर गरिएको बताउनु भयो । कार्यक्रममा पुस्तकको नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष जनक अर्याल र मानवअधिकार तथा शान्ती समाजका पुर्ब केन्द्रिय उपाध्यक्ष एवं अधिवक्ता उद्धव लोहनीले पुस्तकको समिक्षा गर्नु भएको थियो । अध्यक्ष अर्यालले पुस्तकमा सञ्चारमाध्यम र सञ्चारकर्मीकालागि उपयोगी बिषय वस्तु उठान भएको बताउदै ति बिषयमा सम्वन्धीत पक्षले ध्यान दिनुपर्ने बताउनु भयो । अधिबक्ता लोहनीले पुस्तकमा आम नागरिकसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने बिषयहरु उठान गरिएको र पठन योग्य भएको बताउनु भयो ।
चितवनका स्थानिय विकास अधिकारी तिलक पौडेलले पुस्तक विमोचन गर्दै सरकारी कार्यालयका सेवाग्राही र सेवा प्रदायक दुवैका लागि जानकारी मुलक पुस्तक भएको बताउनु भयो । कार्यक्रमका सहभागीहरुले पठनिय लेखहरुको संग्रह पुस्तकका रुपमा आउनु प्रसंसनिय काम भएको भन्दै समावेस भएका विषयवस्तुलाई अन्य सञ्चारकर्मीले समेत समाचारको बिषयको रुपमा उठान गर्नुपर्नेमा जोड दिएका थिए । पुस्तकको प्रकाशक संस्था चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।