धादिङमा पनि चुनावी चहलपहल तीब्र

560 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ ,कात्तिक १२।  संविधान सभाको निर्वाचन नजिकिदै गर्दा धादिङमा पनि चुनावी चहलपहल तीब्र रुपामा सञ्चालन भईरहेको छ । यसै क्रममा नेकपा एमाले धादिङले पनि चुनावी अभियानलाई निरन्तरता दिएको छ । 

आगामी मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनमा धादिङका ३ वटै क्षेत्रमा एमालेको जीत पक्का भएको नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनीको बताउनुभयो । चुनाव प्रचार प्रसारका क्रममा नलाङको ठाँटीभञ्ज्याङमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नुहुदै उहाँले स्थायीत्व र शान्ति कायम गर्नका लागि नेकपा एमाले कटिबद्ध भएर लागि परेको बताउनुभयो । नेपाली जनताले चाहेको पहिलो पार्टि नै एमाले भएकाले स्थानीयलाई एमालेको बहुमत ल्याउन सबैलाई आग्रह समेत गर्नुभयो । सभामा बुद्धिजीवी परिषद्का क्न्द्रिय सदस्य राम गुरुङ, युवा संघ स्थायी समितिका सदस्य रमेश आचायर्, जिल्ला कमिटि सदस्यहरु कृष्ण अर्याल, रामप्रसाद अर्याल, जानुका सिम्खडा लगायतले सम्बोधन गर्नुर्भको छ
त्यस्तै एमाले धादिङ क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटीलाई जिताउन नलाङका विभिन्न ठाँउमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नलाङको वडा नं २ हात्तिसुडेका विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको नेकपा एमाले नलाङ गाँउ कमिटि धादिङका अध्यक्ष कमल गुरुङले जानकारी दिनुभयो ।
धादिङको क्षेत्र न.ं ३ स्थित पर्यटकीय क्षेत्र नौबिसे गाविस वडा न.ं ७ तोप्लाङमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र पाण्डेलेले घर दैलो कार्यक्रम सम्पन्न भएको छ । । निर्वाचनलाई सफल बनाउन पाण्डेलाई गाउँबासीले फूलमालाले भव्य स्वागत गरेका थिए । एमालेलाई मतदान गर्न आफूहरु आतुर रहेको गाउँबासीले बताएका छन् । घरदैलो कार्यक्रम अन्र्तगत नौविसेको ठावा, लिथुङ, लिखु लगायतका ठाँउहरुमा सञ्चालन गरिएको थियो ।
त्यस्तै क्षेत्र नं ३ अन्र्तगत गाँउ पार्टी भूमेस्थानको आयोजनामा आज भूमेस्थानको विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडा नं २, ७ र ८ हुदै मजुङसम्म सञ्चालन गरिएको एमाले भूमेस्थानले जानकारी दिएको छ ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को चुनावी भेला एवंम घरदैलो कार्यक्रम आज सत्यदेवि गाविसको विभिन्न वडाहरुमा सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा स्थानीयले घलेलाई घोडामा चढाएर भव्य स्वागत गरेका थिए । घरदैलो कार्यक्रम पछि कोण सभामा क्षेत्र नम्बर १ का उम्मेद्वार धनबहादुर घलेले सम्बोधन गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै उम्म्देवार घलेले सत्यदेविका जनताहरुले एमालेप्रति देखाएको सहानुभुती र उत्साहलाई जीवन्त राख्न कुनै पनि कसरत गर्न पछि नपर्ने र क्षेत्र नम्बर १ मा सबैखाले विकास निर्माण तथा समाजसेवाका कामहरुमा आफु सँधै प्रतिवद्धरहने बताउनुभयो ।
किराञ्चोकको वडा नं ४, ५ र ६ का विभिन्न ठाँउहरुमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक योवराज बराल, एमाले गाँउ पार्टी अध्यक्ष योगेन्द्र बस्नेत, युवा संघ गाँउ पार्टी अध्यक्ष हस्तबहादुर तामाङ लगायत एमालेका कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको छ ।