शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने सरकारको भनाई

521 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौं/सरकारले निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताएको छ । गृह मन्त्रालयमा शनिवार पत्रकार सम्मेलन गरि जस्तो अवस्थामा पनि चुनाव गर्न सुरक्षाको प्रवन्ध मिलाइने बताएको छ । सरकारले बन्दका क्रममा अत्यावश्यकीय सेवा सुचारु गर्न गृहमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । सरकारले बन्दका क्रममा चल्ने सार्वजनिक यातायातमा तोडफोड भए ९० प्रतिशतसम्म खर्च व्यहोर्ने र घाइतेको उपचार खर्च निशुल्क गर्ने पनि बताएको छ ।