काट्न ल्याएको कुखुरा धमाधम आँफै मर्न थालेपछी ,सदरमुकामको कुखुरा ब्यापार चौपट

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २० मंसिर  / वजारमा कुखुराको मासुको आभाव भइरहेको वेला बिक्रीका लागि मासु पसलमा राखिएका कुखुरा मर्न थालेपछि जिल्ला पशु सेवा कार्यालय धादिङले सदरमुकाम धादिङबेसीका चार वटा मासु पसलमा सिल गरेको छ ।

धादिङबेसीका केही मासु पसलमा काट्ने तयारीमा रहेका कुखुराहरु धमाधम मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालय धादिङको बिशेषज्ञ टोलीले बिहीवार विहान ती  मासु पसलको अनुगमन गरेको थियो ।SAM_1772

जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डाक्टर शिखा तिवारीका अनुसार अनुगमनका क्रममा  सदरमुकाम धादिङबेसीको बिचवजार गणेशमन्दिरमा रहेको शुरेश शाहीको मासु पसल, मिलनटोलमा रहेको पहलमान श्रेष्ठ र कृष्णनारायण श्रेष्ठको मासु पसल र पुल्चोमा रहेको फ्रेस हाउसमा सिल गरिएको हो ।

भारतीय वजारवाट पर्साको निर्मलवस्ती हुँदै नेपाल भित्र्याईएको कुखुरा बुधवार धादिङबेसीको मासु पसलमा ल्याएर जवरजस्ती छाडेको र ती कुखुरा भकाभक मर्न थालेपछि पसलमा सिल गरि अनुसन्धान अघि बढाईएको जिल्ला पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगतले वताउनुभयो ।

‘कखुरा लिएर आएका व्यक्तिले आफूहरु जिल्लाकै व्यवसायी भएको भन्दै पसलमा जवरजस्ती कुखुरा छाडेका रहे छन्’ नलाङ कालीदहका डिलवहादुर श्रेष्ठले भन्नुभयो ‘वेलुका घर आउँदा खोरमा भएका कुखुरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयलाई खवर गरिएको हो ।’

सदरमुकामको वजारमा एकैसाथ शंकास्पद अवस्थाको कुखुराको मासु भेटिएपछि त्यसको परिक्षण गर्न केन्द्रिय पशु प्रयोगशाला त्रिपुरेश्वरमा पठाईएको र ४८ घण्टापछि मात्रै त्यस्को रिर्पोट वाहिर आउने डाक्टर तिवारीले बताउनुभयो ।

वजारमा कुखुराको मासुको अभाव भएपछि भारतबाट चोरवाटो नेपाल ल्याईएका कुखुरा रातारात वजारमा ल्याईएकाले स्थानीय व्यवसायीहरु मारमा परेको पोल्ट्री व्यवसायी गोकर्ण लम्सालले बताउनुभयो ।