जाडोबढेपछि उत्तरी गोरखाका विद्यालय बन्द

594 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ हिमालीभेगमा पर्ने गोरखा जिल्लाको उत्तरी भेगमा हिमपात शुरु हन थालेपछि यहांका वासिन्दा गाउं छाडेर अन्यत्र जान थालेका छन । चिसोले गाउँ छाडेर वासिन्दा हिडेका कारण उत्तरी गोरखाको हिमाली भेगमा सवै विद्यालय २ महिनाको लागि बन्द गरीएको छ ।
तिव्वतसंग सिमाना जोडिएका गोरखा जिल्लाको सिर्दीबास, छेकम्पार, चुम्चेत, सामागाउ, ल्हो, प्रोक र विही गाउ विकास समिति र वरपर रहेका गाविसमा चिसो बढे लगत्तै यहाँ रहेका सबै स्कुल बन्द गरीएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ । केही दिन यता यस भेगमा नियमित हिमपात समेत हुन थालेको वताईएको छ ।
हिमाल पारीको गाविस भनेर चिनिने गरिएको उत्तरी गोरखाका सात गाविसमा गएको दुई साता देखी बिस्तारै हिमपात शुरु हुनुका साथै र चिसो वढ्न थालेको स्थानीयले वताएका छन । चिसो बढेसंगै उच्चभेगका केही बिद्यालय भने मंसिर दोश्रो साता देखी नै बन्द गरीएको बताईएको छ । हिमाली भेगमा वसोवास गर्दै आईरहेका वासिन्दा गाउंमा चिसो वढे लगत्तै गोरखा सदरमुकाम तथा देशको विभिन्न भागमा जाने भएका कारण यहां बर्षेनी बिद्यालय बन्द हुने गर्दछ । जिल्ला शिक्षा कार्यालयका अनुसार चिसोको कारण बन्द गरीएको बिद्यालयको पढाई पछि समायोजन गरी पढाईलाई पुरा गरिनेछ । कार्यालयको अभिलेख अनुसार उत्तरी गोरखाकासात गाविसमा २३ प्रावि १ निमावि र १ मावि सञ्चालनमा रहेका छन ।