चेपाङ वालवालिकालाई न्यानो कपडा

503 पटक पढिएको

सम्पादक: Dhadingnews.com

रत्ननगर -पूर्वी चितवनको रत्ननगर –१३ जयमंगलामा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि लत्ता कपाडा र एक दिनको खानाको सहयोग भएको छ ।
ड्यु नेपाल ललितपुर, वेष्टवन आमा समुह गोजिबहाल ललितपुर, सोरेक ललितपुरका लक्ष्मीशोभा शाक्य,रेजिना जोशी,मनहरा लक्ष्मी तुलाधर र सुनिल शाक्यको टोलीले वालवालिकाका लागि न्यानो कपडा आज एक दिनको खानाको व्यवस्था गरेका हुन ।
काठमाडौंवाट आएको महिलाहरुको टोलिले संरक्षण केन्द्रमा पुगेर केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई जाडोमा लगाउने न्यानो कपडा हस्तान्तरण गरेका थिए । महिलाहरुको टोली आज एक दिन संरक्षण केन्द्रमा बस्ने र वालवालिकालाई आफनै हातले खाना खुवाउने कार्यक्रम रहेको टोली सदस्य लक्ष्मीशोभा शाक्यले बताउनुभयो । उहाँले वालवालिकालाई खाना खुवाएर उनीहरु संगै रमाउने तथा चेपाङ वालवालिका संग उनीहरुको रहन सहनको वारेका बुझ्ने उहाँले बताउनुभयो । केन्द्रमा ५२ जना चेपाङ वालवालिका आश्रित छन ।