एमाओवादीमा किन बनाइए पूर्व प्रहरी प्रमुख शाह सभासद ?दमन गर्नेलाई पुरस्कार दिएको आरोप

711 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं १६ पुस -एकीकृत नेकपा माओवादीमा पनि केही व्यक्तिलाई पैसा निकटताका आधारमा सभासद बनाइएको भन्दै विरोध सुरु भएृको छ । शसस्त्र द्धन्द्धमा नेकपा माओवादी विरुद्ध लागेका र आफुलाई कम्युनिष्ट विरोधी भनेर चिनाउने पूर्वप्रहरी प्रमुख रविन्द्रप्रताप शाह एमाओवादी सभासद बनेका छन् ।
यसरी म कम्युनिष्ट होइन भन्दै हिँड्ने शाह अहिले नेपालमा कम्युनिष्ट आन्दोलनको एक मात्र बाहक भनेर दाबी गर्ने एमाओवादीको समानुपातिक सभासद्को अन्तिम सूचीमा समेत अटाएका छन् । शाह तिनै प्रहरी प्रमुख हुन् जसले माओवादीले शुरुवात गरेको जनयुद्धको बेला उनीहरु विरुद्ध चर्को दमन गर्थे ।
शाह पहिले गण्डकी अञ्चलमा एसएसपी थिए, त्यसपछि डिआईजी भएपछि विराटनगर आए । एमालेका बामदेव गौतम गृहमन्त्री हुँदा उनी एआइजीमा बढुवा भए । उनी जनयुद्धको बेलामा उपत्यकामा प्रहरीको सोधपुछ तथा केरकार गर्ने विभागको प्रमुख पनि भए । शाहले नै अनुसन्धानका क्रममा यातना दिएर माओवादीका मजदुर संगठनका नेता रवि कार्र्की पागल बनाइ मारेका थिए ।
संकटकालको बेलामा पूर्व राजा ज्ञानेन्द्रका निकै निकट भएर शाहले काम गरेका थिए । तत्कालिन नेकपा–माओवादीका नेता रविन्द्रलाई पक्रन जाँदा गोली चलाउन लगाउने पनि यिनै शाह नै थिए । यसरी जनयुद्ध र जनआन्दोलनमा पार्टीका लागि योगदान नै नदिएका शाह समानुपातिक सूचीमा परेपछि अहिले त्यसको विरोध भएको छ ।