एक जिल्ला एक उत्पादन- ३० करोड लगानी – चालू आवमा सबै उद्योग सञ्चालनमा

740 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पुस २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र सरकारको साझेदारीका एक जिल्ला एक उत्पादन (ओडीओपी) कार्यक्रमअन्तर्गत १० ओटा उद्योग सञ्चालनमा आउने भएका छन् । स्थानीयस्तरमा रोजगारी सृजना तथा स्थानीय स्रोतसाधनको अन्तरराष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याउन लागेको महासङ्घअन्तर्गत कृषि उद्यम केन्द्रका प्रमुख प्रदीप महर्जनले अभियानलाई बताए । ‘सार्वजनिक निजी–साझेदारी (पीपीपी) मोडलअनुसार उद्योग सञ्चालनमा ल्याउन लागिएको हो,’ उनले भने, ‘उद्योग चालू आर्थिक वर्षभित्रै सञ्चालनमा आउने छन् ।’

महासङ्घले बारामा डेरी, सिन्धुलीमा जुनार, रसुवामा रेन्बो ट्राउट, रौतहटमा माछाको दाना, अर्घाखाँचीमा मह, प्यूठानमा तरकारीको बीउ, धादिङमा तरकारी प्रशोधन केन्द्र, मुस्ताङमा पश्मिना धागो, ओखलढुङ्गामा चिराइतो र जाजरकोटमा अर्ध बहुमूल्य पत्थर उद्योग सञ्चालनमा आउने बताएको छ । ती उद्योग सञ्चालनका लागि सरकार, महासङ्घ र स्थानीय कृषकले ३० करोड ९ लाख रुपैयाँ लगानी गरेको महर्जनले जानकारी दिए । उनका अनुसार ती उद्योग सञ्चालनका लागि सरकारले अधिकतम ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराउनेछ । निकट भविष्यमै बारामा डेरी उद्योग, सिन्धुलीमा जुनार उद्योग, रौतहटमा माछालाई आवश्यक पर्ने दाना उद्योग सञ्चालन आउनेछन् । चालू आवमा सञ्चालनमा आउने उद्योगमध्ये बाँकी सात उद्योगको मेशिन जडान कार्य शुरू भइरहेको ओडीओपी कार्यक्रमका संयोजक डीबी बस्नेतले बताए । सात उद्योगमध्ये पनि धेरैले काम तीव्ररूपमा अगाडि बढाएको उनको भनाइ छ ।

cheap articles

स्थानीय स्रोत तथा साधनको प्रयोग बढाउन उद्योगमा स्थानीय कच्चा पदार्थ उपयोग गरिने बताइएको छ । एफएनसीसीआई र सरकारको पहलमा सञ्चालित उद्योग नमूनामात्र हुने महर्जनले जानकारी दिए । एउटै जिल्लामा पनि धेरै कृषि उद्योगको आवश्यकता पर्ने महासङ्घले बताएको छ । थप उद्योग आवश्यक परेका जिल्लामा त्यहाँका उद्योग वाणिज्य सङ्घको पहलमा सञ्चालन गर्न सकिने बस्नेतले बताए ।

एफएनसीसीआई ७५ ओटै जिल्लामा ओडीओपी कार्यक्रमा सञ्चालन गर्ने भए पनि हाल १० जिल्लामा कार्यक्रम लागू हुँदै आएको छ । एफएनसीसीआईले कार्यक्रम थप जिल्लामा विस्तार गर्ने बताएको छ ।

-आर्थिक अभियान दैनिकबाट 

765qwerty765