घलेलमा क्यान्योनिङ खेलको परीक्षण–अभ्यास गरिने

660 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पोखरा, – सुन्दर नगरी पोखरा नजिकै रहेको पर्यटकीय गाउँ घललेमा साहसिक खेल क्यान्योनिङको प्रारम्भिक अध्ययन गरिएको छ ।canyoning1 स्थानीयबासीको सक्रियता तथा नेपाल क्यान्योनिङ एशोसियशन नेपालको प्राविधिक सहयोगमा क्यान्योनिङ खेलको प्रारम्भिक अध्ययन गरिएको हो । पोखराबाट १४ किलोमिटरको छोटो दुरीमा रहेको ल्वाङघलेल गाविसस्थित एक सय ३० मिटर उचाईमा रहेको कुदिछहरा क्यान्योनिङका लागि उपयुक्त रहेको प्रारम्भिक अध्ययनले देखाएको युवासमाजसेवी राम गुरुङले जानकारी दिएका छन् । उनका अनुसार माघ महिनाको अन्तिम सातामा सो खेलको परीक्षण अभ्यास गरिने तयारी गरिएको छ । क्यान्योनिङको परीक्षण अभ्यास लागि नेपाल ट्रेकिङ एजेन्सी एशोसियशनले आवश्यक गृहकार्य गरिरहेको बताइएको छ । त्यसका साथै ल्वाङघलेल गाविस, नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्ष्ण क्षेत्र आयोजनालगायतका पर्यटन क्षेत्रमा क्रियाशिल संघसंस्थाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसको सफल परीक्षणपछि पोखरामा क्यान्योनिङ खेलका लागि कुदिछहरा नै पहिलो हुने स्थानीयले दावी गरेका छन् । यसले सिङ्गो पर्यटकी क्षेत्र पोखरामा सञ्चालित पर्यटन उद्योगमा थप टेवा पुग्ने छ भने घलेलमा पाँचवर्षअघि देखि सञ्चालित होमस्टे कार्यक्रमले गति लिने विश्वास गरिएको बौद्ध सिर्जना युवा क्लबका सचिव पूर्णबहादुर गुरुङ (जापन) ले जानकारी दिएका छन् । गतसाता मात्र नेपाल क्यान्योनिङ एशोसियशनका कोषध्यक्ष राजेश लामाको टोलीले सो क्षेत्रको प्रारम्भिक अध्ययन गरेको थियो । विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मस्याङ्दी उपत्यका, भोटेकोशी, सुनकोशी र काठमाण्डौंको ककनी क्यान्योनिङ लागि प्रमुखस्थलहरू हुन् । पछिल्लोपटक नेपालमा डरलाग्दो ठूलो चट्टानी पहरामा डोरीको माध्यमबाट हाम फाल्दै र चिप्लिदैं झरना र खोलाका छाँगासँगै बगेर खेलिने साहसिक खेल क्योन्योनिङ साहसिक पर्यटकीय आकर्षणका रूपमा विकास हुँदै गएको छ ।