धादिङ मेलामा केरा र दुग्धजन्य परिकारले अवलोकन कर्ताको मन जित्यो

758 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ मेलामा केरा र दुग्धजन्य परिकारले अवलोकन कर्ताको मन जित्यो

धादिङ, –  सदरमुकाम धादिङवेशी खुल्ला मञ्चमा १५ गतेबाट  कृषि, पर्यटन तथा व्यापार, उद्योगलाई प्रर्वद्धन गर्ने उद्देश्यले शूरु भएको वृहत कृषि, पर्यटन तथा व्यापार औद्योगिक मेला अवलोकन कर्ताले केराका परिकार र दुग्धजन्य परिकारले अवलोकन कर्ताको मन जितेको छ ।  केराको मःम, चिप्स र वुंगाको अचार चाख्न लाहित देखिन्छ भने दुग्नजन्य परिकार किनेर कोसेली लैजान्छन् ।
मैले त केरा फल हो भन्न जानेको थिए तर परिकार बनाउन पनि मिल्ले रहेछ । केराको मःम र चिप्स र अचार खाए स्वादिष्ट लाग्यो मेला अवधिभर खाजा केराको परिकार नै खान्छु पत्रकार सरिता श्रेष्ठले भनिन् । मेला महोत्सव विशेष समाचारहरुमा मात्र सुनेको दिए केराको मःम र चिप्स बढी विक्री भएको यो मेलामा आफैले खाइयो मिठो लाग्यो  पत्रकार सृजना खनालले भनिन् । हामी नेपालीले केरालाई फलको रुपमा बुझेको र सरकारले पनि त्यही मात्र प्रचार प्रसार गरिरहेको थियो । पछिल्लो समयमा केरा उत्पादक कृषकहरुले शुरु गरेको केराबाट परिकार बनाउने कार्यलाई प्रर्वद्धन गर्न सके कृषकहरुले बढी मूनाफा लिन सक्छन् वागवानी विकास अधिकारी केशव घिमिरेले बताए ।
चितवन केरा व्यावसायि समितिले केरा एक परिकार अनेक नारा दिएर ४ वर्ष अघिबाट केराको मःम, चिप्स र वुङ्गोको अचार बनाएर नयां थालनी गरेको समितिका सचिव मेघनाथ भट्टले बताए । केरा फलमात्र होईन आधार पनि हो भन्दै केरा खेती पहिचान, कृषिमा नयां अभियान नारा दिरु देशभर हुने मेला महोत्सवमा भ्याएसम्म गएर व्यावसायिक प्रचार प्रसार र विक्री गर्दै आएका छौ । धादिङ मेलामा दैनिक १ हजार ५ सय भन्दा बढीले केराको परिकारको स्वाद लिई गरेको सचिव  शिुरु गरेको भट्टले बताए । हामी केरा उत्पादक कृषक परिवार तथा व्यावसायिक परिवारमा हप्ताको २ आहार र ४ दिन खाजाका रुपमा केरा प्रयोग गर्दछौ भट्टले बताए ।

-कारोबार दैनिकबाट