एसएलसी गराउन सवा ९ करोड

575 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं,  – चालू शैक्षिक सत्रको प्रवेशिका परिक्षा (एसएलसी) सम्पन्न गर्न ९ करोड २६ लाख ९२ हजार रुपैयाँ खर्च हुने भएको छ । चैत ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने परीक्षामा ५ लाख ६६ हजार ८५ जना छात्रछात्रा सहभागी हुनेछन् ।
परिक्षा सञ्चालनदेखि नतिजा प्रकाशन गर्दासम्म यो बजेट खर्च हुने परीक्षा नियन्त्रण कार्यलय (पनिका) प्रमुख तथा परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले बताए । यो वर्षको एसएलसी परीक्षामा नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५१ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना सहभागी हुने पनिकाले जनाएको छ । प्रश्नपत्र सम्बन्धित जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालयमा पुगिसकेको परीक्षा नियन्त्रक द्वारेले बताए ।
धेरै वर्षदेखि हटाउने भनिएको होम सेन्टर पनि यो वर्षदेखि हट्ने भएको छ । एउटै विद्यालयमा अध्ययन तथा परीक्षा गराउँदा मर्यादित नहुने भएकाले खारेज गरिएको पनिकाको भनाइ छ । सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंमा ३३ हजार ८५ जना र सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी छन् । परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न १ हजार ८ सय ३६ केन्द्राध्यक्ष, २ हजार ७ सय ५७ सहायक केन्द्राध्यक्ष, २२ हजार ५ सय ९३ निरीक्षक, ७ हजार ५ सय ३० सहयोगी र १८ हजार ३ सय ६० सुरक्षाकर्मी परिचालन हुनेछन् । सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौंमा छन् । मनाङमा भने एउटामात्र केन्द्र छ । परीक्षा व्यवस्थित गराउन पनिकाले ३५ बुँदे आचार संहिता पनि जारी गरेको छ कारोवार डेलि डट कमले खवर लेखेको छ ।