पढाई लेखाई निर्देशन कार्यक्रम बिद्यालयलाई हस्तान्तरण

759 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मुरलीभज्याङ –धादिङ जिल्लाको ५ विद्यालयमा २०११ देखि संचालन भएको पढाई लेखाई निर्देशन कार्यक्रम बुधबारबाट विधिवत रुपमा बिद्यालयलाई हस्तान्तरण गरिएको छ । IMG_2560
शिक्षित वालवालिकाहरुबाट नै संसारमा परिवर्तनको थालनी हुन्छ भन्ने विश्वासका साथ विद्यालयमा गुणस्तरीय शिक्षामा पहुँच पु¥याउन प्रयास नेपाल, धादिङ र रुम टु रिड नेपालको साझेदारी,जिल्ला शिक्षा कार्यालय धादिङको समन्वयमा तथा विद्यालयको सहकार्यमा कार्यक्रम संचालन हुँदै आएको थियो ।
रत्नदेवी प्राविका बिद्यालय व्यवस्थापन समिति मुरलीभज्याङका अध्यक्ष शिवलाल कुमालको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्तिहरु ईश्वर कुमार श्रेष्ठ, प्रयास नेपाल धादिङ सदस्य रेष्टन कडेल र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशन दामोदर अर्यालको उपस्थितिमा भएको हस्तान्तरण बैठकमा नेवारपानी प्रावि सुनौलाबजार,गैरी गाउँ मावि नीलकण्ठ,रत्नदेवी प्रावि,गायत्रीदेवी प्रावि मुरलीभज्याङ सुनकन्या निम्न माध्यमिक बिद्यालयमा सुनौलाबजारका कक्षा १ र २ मा अध्यापन गराउने शिक्षकहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुको सहभागीतामा भएको बैठकमा कार्यक्रमले बिद्यालयमा ल्याएका सुधारका विविध पक्षमा छलफल भएको थियो ।
हस्तान्तरण कार्यक्रमको अवसर पारेर बिद्यालयमा भाषा शिक्षकको रुपमा क्रियासिल भई वैज्ञानीक विधिबाट कक्षा शिक्षण गरी बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि गराउँदै समग्र शैक्षिक विकासमा पु¥याउनु हुने ११ जना शिक्षक, ५ वटा विद्यालयलाई प्रयास नेपाल धादिङले सम्मान पत्रद्धारा सम्मान गरेको थियो । तयसैगरी बिद्यालयहरुले प्रयास नेपाललाई सम्मान पत्र र खादाद्धारा सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति ईश्वर कुमार श्रेष्ठले कार्यक्रम संचालन पछि विद्यार्थी नियमिततामा वृद्घी भएका,बसाई व्यवस्थापन गर्न सहयोग भएको बालमैत्री शिक्षण सिकाई जव चार्ट,अभिभावक सचेतीकरण,नियमित उपस्थितीको लागी पुरस्कारको व्यवस्था,नियमित अभिभावक वैठक तथा उपस्थिती दरमा २५% ले वृद्घी भएको,वैठकमा अभिभावकले आफ्नो छोराछारीको पढाई स्तर वारे छलफल हुनु प्रगती वातावरणको सिर्जना गर्न गरेको बतायनु भयो ।
यसै गरी कार्यक्रमले विद्यार्थीहरुमा पढ्ने सीप तथा पढ्ने बानीको विकास भएको,स्तर अनुसारको पुस्तकहरु पढाई कुना र पुस्तकालयमा विद्यार्थीको पहुँचमा रहनु,विद्यार्थीकेन्द्रीत शिक्षण सिकाई हुनाले सिकाई प्रभावकारी,विद्यार्थीको सिकाई स्तर मापन गरी कमजार बालबालिकालाई बिशेष सहयोग गरेको,शिक्षक र विद्यार्थी बिच आत्मीयता हुनु,स्तर अनुसारको सामग्री प्रर्याप्त मात्रामा कक्षा कोठामा हुनु भाषा शिक्षकले दैनिक पाठ योजना र शैक्षिक सामग्री सहित पूर्व तयारीका साथ कक्षा शिक्षण गर्नु लगायतका काममा सहयोग पुगेकाले बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धि भएकामा बिद्यालय शिक्षक परिवार र सहयोगी संस्थाहरुलाई धन्यावाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम समापनको अवसरमा संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले सबै बिद्यालयलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिदै कार्यक्रम निरन्तरताको लागि आग्रह गर्नु भएको थियो । कार्यक्रममा गैरी गाउँ माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर श्रेष्ठ र नेवारपानी प्राथमिक बिद्यालयका प्रधानाध्यपकहरु मायानाथ अधिकारीले पढाई लेखाई निर्देशन कार्यक्रमबाट बालबालिकाहरुको सिकाई उपलब्धी बढेकाले संस्थाको सहयोग पछि पनि निरन्तर रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको मुरलीभज्याङबाट राममाया बिसुन्केले जानकारी दिनु भयो ।