भर्ना भएर पनि २१ प्रतिशत वालवालिका विद्यालयमा टिक्न सकेनन

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । धादिङ जिल्लामा २१ प्रतिशत बालबालिकाहरु विद्यालयमा हााजिर भए पनि टिक्न नसकेको तथ्याङक सार्वजनिक भएको छ ।

जिल्ला शिक्षा कार्यलय धादिङले आज आयोजना गरेको “विद्यालय भर्नामा निरन्तरता र उपलब्धिमा सुधार” विषयक अन्र्तक्रिया कार्यक्रम उक्त तत्थ्याङक सार्वजनिक भएको हो । त्यस्तै २ प्रतिशत वालवालिकाहरु विद्यालय वाहिर रहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

यस वर्षको विद्यार्थी भर्ना अभियानमा विद्यालय वाहिर रहेका २ प्रतिशत विद्यार्थीलाइ विद्यालयमा ल्याउन पहल गर्ने र विद्यार्थीहरुलाइ विद्यालयमा टिकाइ राख्न विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

यस वर्षको विद्यार्थी भर्ना अभियानको पहिलो चरणको कार्यक्रम वैशाख १ गतेवाट नै सुरु भइसकेको छ । नानी बाबु रमाई रमाई स्कूलमा आऊ,पढि सिकि सधै खुसीले रमाउ भन्ने मूल नाराका साथ सुरु भएको पहिलो चरणको विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तरगत वैशाख १४ गतेसम्म मुस्कान सहितको फूल र अविरले स्थानिय संस्कृति अनुसार बालबालिकाहरुलाई विद्यालयमा स्वागत गरिने जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ ।

त्यस्तै बैशाख १५ गते देखि ३० गते सम्म विद्यालयमा बालबालिका भर्ना नभएका गाउँ÷टोल÷ समाज र घर परिवार पत्ता लगाउने, बिचमा पढाइ छाडेका बालबालिकाहरुलाई सामुदायिक, खुल्ला वा वैकल्पिक विद्यालयहरुमा भर्ना गराउने र विद्यालय बाहिर विद्यार्थी छैनन् भनेर घोषण गर्ने कार्यक्रम रहेको जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले बताउनु भयो ।

कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । धादिङ जिल्ला भर १ लाख ६ हजार विद्यार्थी विद्यालयमा अध्ययन गरिरहेका छन् साझा सवाल डट कमले खवर लेखेको छ ।