निरन्तर विद्यार्थी मूल्यांकन (CAS) बारे केहि कुरा

11507 पटक पढिएको

सम्पादक: Dhadingnews.com

डिल्लीराज ज्ञवाली
999601_182164241964959_890210197_aकुनै पनि कार्यको लक्ष्य तथा उद्देश्य के कति रुपमा सफल भयो ? के कस्ता कमजोरीहरु देखिए, त्यसको उपलब्धी के कस्तो भयो भनि लेखाजोखा, जाँचबुझ तथा छानविन गर्ने कार्यलाई मूल्यांकन भनिन्छ ।
निरन्तर विद्यार्थी मूल्याङ्कन सामान्य भन्दा स्तरीय खालको मूल्याङ्कन हो । यसमा सिकारुको सिकाइ, सिकाइ उपलब्धीको व्यवस्थित लेखाजोखा, निश्चित समयावधि भित्र सिकारुले हासिल गरेको सिकाइको संचित (Comulative) प्रकगतिको मूल्यांकन गर्ने कार्य गरिन्छ ।
यसर्थ निरन्तर विद्यार्थी मूल्यांकनले लेखाजोखा गर्दा व्यवस्थित गरिका अपनाउन सहयोग गर्छ र तोकिएको समयभित्र सिकारुको सम्पूर्ण क्रियाकलाप संचित भएर रहने हुँदा हिजो देखि आजसम्मको अवस्था बिचमा भएको प्रगति विद्यार्थीको चाहना, रुचि र इच्छाको बाटो वा विद्यार्थीले जोड दिएका, मन पराएका, मन नपराएका क्रियाकलाप र समग्रमा वालमनोविज्ञानको लक्षणहरु समेत पत्ता लगाइ उचित मार्ग निर्देशनबाट विद्यार्थीको भविष्य अगाडी बढाउने कार्यमा निरन्तर विद्यार्थी मूल्यांकनको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ, शैक्षिक जनशक्ति विकास केन्द्रद्वारा संचालित शिक्षकका तालिम प्याकेजमा निरन्तर विद्यार्थी मूल्यांकनमा शिक्षकले के गर्नुपर्छ ? शिक्षकको निरन्तर विद्यार्थी मूल्यांकनमा कस्तो भूमिका हुनुपर्छ स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ तर तालिम तालिममै सिमित रहने र शिक्षकको तालिम कार्यान्वयन पक्षसम्म आउँदै नआउने हुँदा निरन्तर विद्यार्थी मूल्यांकन जिल्ला शिक्षा कार्यालयले वितरण गरेको निरन्तर विद्यार्थी मूल्यांकनको फर्ममा चिनो लगाउने सम्म आइपुगेको छ त्यसमा पनि प्रत्येक दिन लगाउनुपर्ने चिनो निरन्तर विद्यार्थी मूल्यांकनले खासै महत्व नदिने आवधिक परीक्षाको अन्त्यमा वा शैक्षिक सत्रको अन्त्यमा निकै व्यवस्थाको रुपमा चिनो लगाएर निरन्तर मूल्यांकन कस्तो (CAS) सफल बनाइन्छ । शैक्षिक जनशक्ति विकास केन्द्रले दिने तालिम प्याकेज अनुसार वास्तवमा निरन्तर विद्यार्थी मूल्यांकनमा शिक्षकको भूमिका वा शिक्षकले गर्नुपर्ने के त ?
 मासिक शिक्षण योजनाका आधारमा शिक्षण क्रियाकलाप गर्ने ।
 मूल्यांकनका साधनहरु पूर्व तयारी गर्ने ।
 प्रत्येक विद्यार्थीको अभिलेख फाइल खडा गर्ने ।
 सिकाइ सञ्चालन भइरहँदा सिकाइ उपलब्धिको सिंहावलोकन र भोलीको लागि तयारी गर्ने ।
 विद्यार्थीका प्रत्येक काम व्यक्तिगत अभिलेख फाइलमा राख्ने ।
 पूर्व निर्धारित मूल्यांकनका साधनका आधारमा फाइलमा टिपोट गर्ने ।
 परीक्षाको उ.पु. व्यक्तिगत फाइलमा राख्ने ।
 कक्षामा अतिरिक्त कार्यकलाप संचालनको मूल्यांकन गरि फाइलमा टिपोट गर्ने ।
 साप्ताहिक रुपमा व्यक्तिगत फाइलको अध्ययन समिक्षा गर्ने ।
 सुरु देखि यसरी पढाउने, मूल्यांकन गर्दै, खाल्टा पुर्दै÷सुधार्दै जाँदाको स्थितिमा शै.स.को अन्त्यतिर सबै सफल हुन्छन् भन्ने मान्यता राखि को सफल र को असफल वा को पास ? को फेल ? भन्ने सन्दर्भ नै बाँकी नरहोस् ।
यसरी शिक्षकले निरन्तर विद्यार्थी मूल्यांकन गर्दा को पास र को फेल भन्ने नै हुँदैन सबै पस हुनसक्छन् वा सबैलाई पास गराउन सम्भव छ भन्ने कुरालाई बङ्ग्याएर के मात्र बुझ्न खोजिन्छ भने निरन्तर विद्यार्थी मूल्यांकन लागु भयो अब कसैलाई फेल गराउन पाइदैन अझ थप टेवा दिन एस.एल्.सी.मा त टेष्ट फेल नगराएर लाने नियम आयो साना कक्षामा किन फेल गराउने ? सरकारले छात्रालाई तथा दलितलाई छात्रवृति दिने नियमबाट त के पनि भएको छ भने एउटै विद्यार्थी ४ ठाउँसम्म भर्ना हुने श्रोसकेन्द्र फरक भए परिक्षा पनि फरक पर्ने कतै जुधेपनि जाँच छुटेको भनि जाँच दिने र ४ वटै विद्यालयबाट छात्रवृति लिने । अझ प्राथमिक तहमा विद्यार्थी कम भएकाले विद्यालयले पनि सजिलै भर्ना लिने अनि यो समस्या कसरी समाधान हुन्छ होला ? निष्कर्ष निकाल्न जरुरी छ । विद्यार्थी भर्ना समयपछि गतवर्ष शै.स. २०७० को सुरुमा वा जेठतिर सत्यागमनको नाममा पोशागत संगठनका पदाधिकारी, श्रोतव्यक्ति र वि.नि. को एउटा अनुुगमन टोली विद्यालयमा पुगी विद्यालयको भर्ना रजिष्टर, हाजिर कपी रुजु गर्ने टिपोट गर्ने जिल्ला शिक्षा कार्यालयमा बुझाउने डकुमेन्ट बनाउने आदि कामहरु भए तर ४ ठाउँ भर्ना भएका विद्यार्थीको रेकर्ड कसले पत्ता लगाउने ? अनि निरन्तर मूल्यांकन कसरी गर्ने ? १–२ दिन अगाडीको घटना हो गाडीमा कक्षा ८ र कक्षा ९का जाँच दिएर रिजल्ट कुरेका विद्यार्थी अगाडी सीटमा बसेका थिए । गाडी चालकले सोधे कतिमा पढ्छौ नानी हो ?। उनीहरुले उत्तर दिए अहिले ८ मा एकजनाका उत्तर थियो भने अर्कोको उत्तर ९मा छु भन्दाभन्दै चालकको प्रतिक्रिया रह्यो पास त भै हाल्छ नि रिजल्ट किन हुनुप¥यो । कक्षा दशको S.L.C दिने वेलासम्म त सबै पास S.L.C मा मात्र हो फेल । पास छुट्टिने त यसरी देखिने हाम्रो घटनाहरु निरन्तर मूल्यांकनलाई अपव्याख्या गरेर हामीलाई गिज्याइरहेका छन् । त्यसैले निरन्तर मूल्यांकनलाई व्यवहारिक रुपमा लागु गर्न निरन्तर मूल्यांकनका साधनहरुको उचित प्रयोग गरी सहि निर्णय निकाल्न ढिलो भैसकेको छ । त्यसैले निरन्तर विद्यार्थी मूल्यांकनका लागि दिइने र लिइने तालिमहरु स्वयं तालिम लिने शिक्षकमा मात्र रहेको छ । त्यो कार्य क्षेत्रमा वास्तविक मूल्यांकन गर्न कहिले सक्षम होला हेर्न भने बाँकी नै छ ।