रिम्पोछेको अन्त्येष्टि नेपालमा गर्न दिने मन्त्रिपरिषद्को निर्णय, शव नेपाल ल्याईयो

597 पटक पढिएको

सम्पादक: Dhading News

download (33)काठमाण्डौं-मन्त्रिपरिषद्को मंगलवारको बैठकले विदेशी मुलुकका नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिन सकिने नीतिगत व्यवस्था गरेको छ । विदेशी नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको स्थितिमा सरकारले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार नेपालको धार्मिक र सांस्कृतिक विकासमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तिले मृत्यु पूर्व नेपालमा अन्त्येष्टिका लागि इच्छाएमा उसको पार्थिव शरीर विदेशबाट नेपाल ल्याउन सकिनेछ । बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले दिनुभएको जानकारीअनुसार त्यसरी पार्थिव शरीर ल्याउँदा सरकारले तोकेको स्थानमा मात्र अन्त्येष्टि गर्नुपर्ने र नेपालको कानुन, संस्कृति, परम्परा तथा सामाजिक सद्भावमा खलल नपुर्याई अन्त्येष्टि गर्नुपर्ने सर्त निर्धारण गरेको छ ।
यसैबीच रिम्पोछेको शव आजै दिउँसो नेपाल ल्याइएको छ । उहाँको काठमाडौँको रानीवनस्थित स्यारभन गुम्बा तथा महावीर गोन्छेनको आफ्नै परिसरमा अन्त्येष्टि गर्न दिने सरकारको निर्णयअनुसार अन्त्येष्टी गरिने जनाइएको छ । उहाँको जेठ २८ गते जर्मनीमा निधन भएको थियो ।