राष्ट्रपतिको फोनपछि महन्थ काठमाडौंमा
639 पटक पढिएको
काठमाडौं – राष्ट्रपति रामवरण यादवले फोन गरेपछि छलफलका लागि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर काठमाडौं आइपुगेका छन् । जनकपुरमा रहेका अध्यक्ष ठाकुर आज काठमाडौं आइपुगेका हुन् ।
mahantaस्रोतका अनुसार संविधान निर्माण प्रक्रियाबाट असन्तुष्ट रहेका ठाकुरलगायतका मधेशी नेताहरुलाई फकाएर वार्ताको वातावरण तयार गर्न राष्ट्रपतिले सक्रियाता देखाएका हुन् ।
यसअघि ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आउँदा आन्दोलन छाडेर आत्मसम्पर्ण गर्न लागेको भन्दै मधेशी मोर्चाभित्र असन्तुष्टि देखिएको थियो । जसमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले खुलेरै दुई अध्यक्षको आलोचना गरेका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि पत्र पठाए पनि मधेशी नेताहरुले सरकार वार्ताप्रति उदासिन रहेको आरोप लगाउँदै आएका छन् । आन्दोलनरत पक्षको माग सम्बोधन गर्नुको साटो पेलेर संविधान निर्माण प्रक्रिया अघि बढाएको भन्दै उनीहरु असन्तुष्ट रहेका छन् । मधेश केन्द्रीत दलहरुको अनिश्चिकालिन बन्दका कारण मधेशका जिल्लाहरु लामो समयदेखि ठप्प रहेका छन् । –