धादिङ ६ भदौ । नेपाल पत्रकार महासघको केन्द्रीय सदस्यमा प्रदेश नम्बर ३ बाट सिन्धुलीका द्धारिका काफ्ले र चितवनका कृष्ण गिरी विजयी भएका छन् ।
काफ्ले र गिरी दुवै जना प्रेस चौतारीको समर्थनमा केन्द्रिय सदस्यका उम्मेदवार बनेका हुन । काफ्ले सिन्धुली र गिरी चितवनको पत्रकार महासंघ जिल्ला शाखाका पुर्व अध्यक्ष समेत हुन । विजयी काफ्लेले ६५ र गिरीले ६४ मत पाएका छन भने निकटतम प्रतिद्धन्दी प्रेस सेन्टर र प्रेस युनियनका साझा उम्मेदवार राजकुमार कार्कीले ६१ र दयानिधि भट्टले ६० मत पाएका छन ।