काठमाडौँ । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको ९१ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका पूर्वप्रधानमन्त्री विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको उहाँको छोरा विनोद विष्टले जानकारी दिनुभयो ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको दुई छोरा र तीन छोरी हुनुहुन्छ । दुई वर्ष अघि उहाँको श्रीमती र एक छोराको निधन भएको थियो ।
काठमाडौँको ठमेलमा जन्मनुभएका विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष हुनुहुुन्थ्यो ।