जमुनाको तिरमा भेटिए खुमन र सिलु
1331 पटक पढिएको
![](http://dhadingnews.com/wp-content/uploads/2018/07/37795228_2040278086004962_2880131981239123968_o.jpg)
![](http://r0d.ed3.myftpupload.com/wp-content/uploads/2018/07/37795228_2040278086004962_2880131981239123968_o.jpg)
बिक्रम राना मगरको नृत्य निर्देशनमा तयार भएको सो तीज गीतमा सुमन सपना राना कुलचन्द्र पुरी बिष्णु र मिरा लगायतका कलाकारको अभिनय रहेको छ । सार्बजनिक कार्यक्रममा प्रमुख अतिथि गायिका देविका बन्दनाले ल्यापटपको बटन क्लिक गरि उद्घाटन गर्नुभएको सो गीतको निर्माण नियन्त्रकको रुपमा बुलबुल मिडियाका कृष्ण बाबु रहेका छन् ।
बिनोद बाजुरालीको एरेंजमा तयारि गीतको अभिनयमा जम्न कलाकारहरुको शृंगार सगुन शर्माले गरेकी हुन् । आफुलाई संचार क्षेत्रमा पोख्त बनाइसकेकी पत्रकार निरु गौतमले सांगीतिक क्षेत्रमा पनि यसै गीतबाटै हात हालेकी छिन। आफुलाई संगीत र संचार एक सिक्काको दुइपाटो जस्तो लाग्ने भनाइ राख्दै उनले आगामी दिनमा संगीत क्षेत्रमा पनि उल्लेख्य रुपले लाग्ने बताइन ।
सार्बजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि गायिका देविका बन्दना , लोकदोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डे, उपाध्यक्ष दिपक कार्की , पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दिपक ज्ञवाली , निर्देशक बिष्णु भट्टराई , लगायतले बोल्दै तीजको गीतमा मौलिकता हराइरहेको बेलामा पछिल्लो समय मोफसलको राजधानी बुटवलबाट निर्माण भएको स्तरिय गीत जमुनाको तिर ले सस्कृतिको जगेर्ना गरेको बताएका थिए ।
सो अवसरमा बोल्दै बक्ताहरुले तीजगीतले महिलाको बेदना पोख्ने एउटा माध्यमका रुपमा परापुर्ब कालदेखि चलिआएको चलनलाइ अहिले बिकृति र विसंगतिमा ढाली रहेको सन्दर्भमा यसको सम्बर्दन गर्न संचारकर्मी निरु गौतमसंगै जमुनाको तिर युनिटले राम्रो कार्य गरेको बताएका छन् । बुटवलमा शुक्रबार सार्बजनिक तीज गीत जमुनाको तीर कार्यक्रमको संचालन अर्की संचारकर्मी माया केसीले गरेकी थिइन् ।
भिडियो मेकिङ्ग , अभिनय , गीत र संगीत अनि गायकीको हिसाबले उत्कृस्ट रहेको छ भने यसमा रहेका शब्द ले मौलिकताको इट्टा थप गरेको छ। हेरौ यो भिडियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस