नाच्दै गाउँदै रमाउँदै सकियो धादिङ लोक सांस्कृतिक महोत्सव

59 पटक पढिएको

सम्पादक: Dhading News

धादिङबेसी,२३ माघ २०८१ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा माघ १० गतेदेखि सुरु भएको पहिलो ‘धादिङ लोक सांस्कृतिक महोत्सव -२०८१’ माघ २२ गते मङ्गलबार  भव्य समारोह सहित समापन गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको आयोजनामा माघ १० गतेवाट शुरु भएको धादिङ लोक सांस्कृतिक महोत्सव माघ २२  गते  सम्पन्न भएको हो ।  ७० हजार  भन्दा धेरै दर्शकले महोत्सव अवलोकन गर्नुका साथै २ करोड माथिको कारोवार भएको महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोईरालाले वताउनु भयो ।

‘धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजनामहोत्सवको आयोजना गरेको हो । माघ २० गते सम्म महोत्सव सञ्चालन हुने भनिएपनि दुई दिन थप गरि २२ गते  महोत्सवको  समापन गरिएको हो ।

महोत्सवमा  अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण बन्यो । जस्मा ज्वालामूखी गाउँपालिका प्रथम, गजुरी गाउँपालिका द्धितिय, नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका तृतिय भएका छन् ।प्रतियोगितामा प्रथम भएको ज्वालामुखीले नगद ५० हजारसहित प्रमाणपत्र पाएको छ भने द्धितिय भएको गजुरीले ३० हजार नगदसहित प्रमाणपत्र पाएको छ । तृतिय भएका समुहले  १५/१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र पाएका छन् ।

 महोत्सव अवधिभर राष्ट्रियस्तरका ख्याती प्राप्त विभिन्न कलाकारहरुका साथै स्थानीय कलाकारहरुले गीत ,नृत्य तथा प्रहसन प्रस्तुत प्रस्तुत गरेका थिए । महोत्सवमा   फेन्सी तथा लत्ताकपडा, हस्तकला, जुत्ता–चप्पल, होटल तथा रेस्टुरेन्ट,  प्लास्टिकजन्य उत्पादन लगायतका सामाग्रीहरु प्रदर्शनी गराउनुका बिक्री बितरण गरेका थिए । महोत्सवको माघ १० गतेनेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले उदघाटन गर्नुभएको थियो ।

महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *