प्रतिलिटर पेट्रोल ४ रुपैयाँ र डिजेलको पाँच रुपैयाँ मूल्य घट्यो

136 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौं,३० भदौ २०८१ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो।

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ।