धादिङ गल्छीकी पूर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित
310 पटक पढिएको
काठमाडौं ८ असोज २०८१ । धादिङको गल्छी गाउँपालिका ७ मछेडीमा जन्मिएकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन् ।दुई हजार भन्दा धेरै गीतमा स्वर भरेकी गायिका पूर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् ।
डेढ दशकदेखि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएका गीतहरु दर्शक तथा श्रोताहरुको मनमा बसेका छन् । उनले स्वर भरेका ‘मुटु जली खरानी भो,’ ‘फूल भनौं जिन्दगीलाई,’ ‘धेरै माया नगर्नु यहा कसैलाई’ जस्ता चर्चित गीतहरु लाखौं दर्शक तथा श्रोताको मन–मनमा बसेका छन् ।
‘जीवनको यो आफ्नै नाटक ‘बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका बिधाबाट सर्वोत्कृष्ट गायिका बिधाको अवार्ड प्राप्त गर्न सफल भएकी हुन्। नवदुर्गा पार्टी भेन्यु सुकेधारा स्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहका बिच उनी सम्मानित भएकी हुन्।
नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोजकद्वारा खादा माला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो। डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा करिब ७०० भन्दा बढी गीत सार्वजनिक भएका छन्।
उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन्। संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन् गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ। बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ।
उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरुले युट्युबमा १० लाखभन्दा बढी भ्युज पाएका छन् । यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन् ।
पूर्णिमा यस अघि मुभिज प्रा.लि.नेपाल र सिन्धुपाल्चोक सेवा समाज दुबईको सयुंक्त आयोजनामा सम्पन्न ५ औं ज्योति फिल्म्स म्युजिक अवार्ड २०८० मा ‘ज्योती फिल्म्स संगीत रत्न’ सम्मानद्वारा सम्मानित भएकी थिइन ।
त्यसै गरी एपिक संगीत रत्न सम्मान -२०७९ ,पाँचौं राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ट नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ट नव गायिका), ११ औं बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ट गायिका सुगम संगीत), नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ट गायिका सुगम संगीत) लगायत दर्जनौं अवार्डहरु हात पारिसकेकी छिन् ।