नागढुंगा मलेखुको बिकल्पमा सीतापाईला -परेवाटार सडक

259 पटक पढिएको

सम्पादक: Dhading News

केशव अधिकारी / धादिङ न्यूज

धादिङ, ८ असोज २०८१ । दशैंको बेला राजधानीबाट देशका विभिन्न जिल्ला जाने यात्रुले घण्टौं सम्म सडकमा जाममा बस्नु पर्ने अवस्था आउन नदिन नागढुंगा मुग्लिन सडकको बैकल्पिक सडकको खोजी थालिएको छ ।

नागढुंगा मुग्लिन सडक खण्डमा यति बेला सडक विस्तारको काम भईरहेको छ । निर्माण कार्यले सवारी आवागमन असहज हुंदै गएपछि दशैंको बेला राजधानीबाट बाहिरिने यात्रुले सास्ती खेप्न नपरोस भनि बैकल्पिक सडकको खोजी गरिएको हो ।
राजधानी काठमाण्डौंलाई जोड्ने मुख्य स्थलमार्गमा यात्रुहरुले भोग्नु परेको सास्ती कम गर्न पृथ्वीराजमार्ग र त्रिभनराजपथको विकल्पको रुपमा धादिङको परेवाटारबाट काठमाण्डौंको सीतापाईला जोड्ने सड्कलाई प्रयोगमा ल्याईने भएको छ ।

नागढुंगा मुग्लिङ सडक खण्डमा करिब दैनिक २० हजार सवारी गुड्ने गरेको र दशैँको समयमा १५ लाख मानिस यहि राजमार्ग हुंदै राजधानी बाहिर निस्कने भएकाले यात्रा गर्ने सडकको अवस्था सुधार गर्दै वैकल्पिक बाटोको समेत खोजी गरिएको गरिएको हो ।
नागढुंगा मुग्लिन सडकको बैकल्पिक बाटोको रुपमा धादिङको परेवाटारबाट गल्छी निस्किएर गोगनपानी छत्रेदेउराली भएर सीतापाईला सम्मको सडकलाई प्रयोगमा ल्याउन सके घण्टौं सम्म यात्रु सडकमै रोकिनु नपर्ने सरोकारवालाहरुको सुझाव छ ।

निर्माणाधिन सडकको निर्माण कार्यलाई निरन्तरता दिंदै बैकल्पिक सडकको स्तरउन्नतीका लागि पहल गर्न भौतिक पूर्वाधार मन्त्रालयकौ उच्च पदाधिकारी,मन्त्रीको सचिवालय, नागढुंगा मुग्लिङ सडक आयोजना र नुवाकोट सडक डिभिजन लगायतको टिमले सोमबार स्थलगत अवलोकन गरेका छन् ।

अवलोकन पश्चात वैकल्पिक बाटोको रुपमा सीतापाइला धार्के, गल्छी परेवाटार सडक केही ठाउँमा सुधार गरी यातायात सुचारू गर्न सकिने निष्कर्षमा पुगिएको अनुगमन टोलीमा संलग्न इन्जिनियर गजेन्द्र थपलियाले वताउनु भयो । इन्जिनियर थपलियाको पहलमा केही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई नागढुंगा मुग्लिन सडकको अवलोकन गराई निर्माण कार्यको अवस्थाका वारेमा जानकारी गराईएको थियो ।

केही दिन अघि धादिङ जिल्लाका जनप्रतिनिधि, पूर्व सांसद, आयोजनाका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि लगायतको टोलीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाइ भेटेर दशैंको वेला राष्ट्रिय राजमार्गको अवस्था सुधार गर्र्ने बिषयमा छलफल गरेका थिए । छलफलमा सडकको खाल्डाखुल्डी तत्काल पुरिदिने व्यवस्था गर्न मन्त्रीले आयोजनालाई निर्देशन समेत दिएका थिए । राजमार्गको खाल्डाखुल्डी पुर्ने काम संगै बैकल्पिक सडकको तत्काल स्तरउन्नती गर्ने तर्फ मन्त्री दाहालले चासो देखाएपछि सोही अनुसार काम भईरहेको छ ।

नागढुंगा-नौबिसेको विकल्पको रुपमा सितापाइला बाट छत्रेदेउराली गोगनपानी, गल्छी हुंदै परेवाटार जोड्ने सडक  सडक  निर्माण भईसकेको छ । ठाउँ ठाउँमा केही मर्मत पछि यो सडकमा सवारी सञ्चालन गर्न सकिने अबस्था रहेको छ । निर्माणाधिन छ। पछिल्लो समय सरकारले यसलाई राष्ट्रिय राजमार्गको बैकल्पिक मार्गको रुपमा अघि बढाउने गरी प्रथामिकतामा राखेर निर्माण गरिरहेको छ।