प्रकृतिप्रेमीका लागि सुन्दर गन्तव्यस्थल कालोदह

30 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ मंसिर १, २०८१ शनिबार – हिमालको काखमा रहेको मनोरम पर्यटकीय गन्तव्य हो रुवीभ्याली । धादिङको रुवीभ्याली गाउँ नामले मात्रै होइन, ठाउँले पनि उत्तिकै सुन्दर छ । रुवीभ्यालीको शिरमा रहेको गणेश हिमाल श्रृङ्खलाले यो ठाउँको सुन्दरतालाई अझै चमक थपेको छ । गणेश हिमाल श्रृङ्खलामै पर्छ कालोदह र सेतोदह ।समुन्द्री सतह देखि ४१०० मिटर उचाईमा रहेको कालो दह धार्मिक तथा पर्यटकिय दृश्टिकोण ले अति नै महत्वपुर्ण मानिन्छ ।

सेतोदहमा हिउँदको बेला पानी हुँदैन, तर कालोदहमा सधैँ एकनासको पानी हुन्छ । रुवीभ्याली गाउँपालिकाको वडा नम्बर चारमा अवस्थित चार हजार मिटरभन्दा बढीको उचाइमा रहेको यो दहको नाम कालोदह रहे पनि छिनछिनमा पानी निलो गाढा देखिन्छ ।

मौसम सफा भएको बेलामा कालोदहको कञ्चन पानीमा गणेश हिमाल श्रृङ्खलाको छाया देखिन्छ । पोखराको फेवातालमा माछापुच्छ्रेको छायाँजस्तै देखिने कालोदहको गणेश हिमाल श्रृङ्खलाको आकृतिले त्यहाँ पुग्ने सबैलाई मोहित बनाउँछ ।

बोन्पो धर्ममा विश्वास गर्ने धामीझाँक्रीले आफूलाई दीक्षित गर्ने क्रममा यो दहमा आएपछि मात्र आफ्नो शिक्षा पूरा हुने मानिन्छ । यहाँ जनै पूर्णिमाको बेलामा लामा झाँक्रीहरुले विशेष पूजा गर्छन् । गणेश हिमालको काखमा रहेको यो सुन्दर ठाउँ प्रचारको कमीले ओझेलमा परेको छ ।

  • उज्यालो अनलाइनबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *