रवि लामिछाने  बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने

33 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं— थुनछेक बहस नसिकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने  बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस भने जारी छ ।

थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो । मंगलबार माघे संक्रान्ति र माघीको बिदा भएकाले अब अदालत बुधबार मात्र खुल्नेछ । मंगलबार सरकारी वकिलको कार्यालयका तर्फबाट बहस सकिए पनि लामिछानेका तर्फका वकिलको बहस नसिएकाले बुधबार पुन: थुनछेक बहस हुनेछ । जाहेरवालाको तर्फबाट केही वकिलले बहस गरे पनि केहीको बहस भने बाँकी छ ।

लामिछानेविरुद्ध काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी आइतबार बिहान अदालतमा उपस्थित भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *