प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश
44 पटक पढिएको
काठमाडाैं,२२ माघ २०८१ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन् ।
०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । साेही दिनकाे स्मरणमा प्रेस चाैतारीले माघ २२ गतेस्थापना दिवस मनाउँदै आएकाे छ ।
यो बर्ष प्रेस चौतारी नेपालले आफ्नो १० औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ । यति बेला जिल्ला शाखाहरुको अधिबेशन धमाधम भईरहेका छन् ।