पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
605 पटक पढिएको
धादिङ, वैशाख २२ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमारा गाविस जवाङ खोला र चितवनको फिस्लिङमा गएको पहिरोको कारण सोमबार विहानैदेखि अवरुद्ध भएको सडक खुलेको छ ।
रातिदेखि पानी परेपछि सोमबार विहानपख गएको पहिरोले सडक अवरुद्ध हुदाँ सयौँ सवारी साधन जाममा परेका थिए । दुई ठाँउमा गएको पहिरो सडक डिभिजन कार्यालयको डोजरले हटाएको हो ।
पृथ्वीराजमार्गमा दैनिक ७ हजार ४ सय हाराहारीमा सवारी साधन आउजाउ गर्ने ट्राफिक तथ्याङ्क छ । विहानको ७ बजे देखि ११ बजे सम्म र दिउँसो ३ बजे देखि साँझ ७ बजे सम्म राजमार्गमा अत्याधिक सवारी चाप हुने गर्छ । सवारी चाप हुनेबेलामा राजमार्ग अवरुद्ध हुदाँ त्यसको असर दिनभर पर्न सक्ने प्रहरीले जनाएको छ ।
राजधानीबाट अन्य जिल्लाका लागि छुटेका र राजधानी भित्र्ने यात्रु वहाक तथा माहवाहक सवारी जाममा परेका थिए ई कान्तिपुर डट कमले खबर लेखेको छ ।