सकारात्मक सोच तालिम सम्पन्न

1164 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

कल्लेरी –गरिबी न्यूनिकरणका लागि सकारात्मक सोच निर्माण गर्ने उद्देश्यले सामुदायिक संस्थाका सदस्यहरुको लागि सकारात्मक सोच सम्बन्धी ३ दिने तालिम कल्लेरी गाविसमा सम्पन्न भएको छ । जिल्ला विकास समिति धादिङको आयोजना र एकिकृत सामुदायिक विकास अभियान (आईसिडिसी)नेपालको व्यवस्थापनमा सञ्चालित तालिममा सामुदायिक संस्थाका ३२ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
think-positiveतालिममा आयआर्जन बृद्धि र सामुदायिक विकासमा सकारात्मक सोचको आवश्यकता, सकारात्मक सोचको चक्र, समुदायको सकारात्मक पक्षहरुको खोजी, आयआर्जन, स्वरोजगार र व्यवशाय विकास प्रक्रिया, स्थानीय श्रोत परिचालन र सरोकारवालाहरुको भुमिकाको विषयमा (आईसिडिसी) नेपालका कार्यक्रम संयोजक गोकर्ण दुवाडी र सामाजिक परिचालक उषा रिमालले सहजिकरण गनुभएको थियो ।
गरिबी निवारण कोषको सहयोगमा (आईसिडिसी) नेपालले कल्लेरी गाविसमा गरिबी निवारण कार्यक्रम सञ्चालन गरिरहेको छ । गरिब व्यक्तिहरुको आयआर्जन वृद्धिका लागि सकारात्मक सोच आवश्यक भएकाले तालिमको आयोजना गरिएको (आईसिडिसी) नेपालका कार्यक्रम संयोजक गोकर्ण दुवाडीले बताउनु भयो ।
कल्लेरी गाविसमा गरिबी न्यूनिकरणको लागि १२ वटा सामुदायिक संस्थाहरु क्रियाशिल रहेका छन् । ति सामुदायिक संस्थाहरुलाई गरिबी निवारण कोषले आयआर्जन र साना भौतिक पूर्वाधार निर्माणको लागि सहयोग गर्दै आइरहेको छ ।