चितवन बांदरमुढे पिडितको घाउंमा अझै मलम लागेन

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गोविन्द घिमिरे ,चितवन- २३ जेठ

बांदरमुढे घटना भएको आज ९ वर्ष पुरा भएको छ । चितवनको माडी स्थित कल्याणपुर गाउविकास समितिमा पर्ने बांदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाले ज्यान गुमाएका थिए ।माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बांदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।घटना भएको बर्षौ बितिसक्दा पनि आफुहरुले उचित राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । पिडितको घाउंमा मलम लगाउन भन्दै एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले ६० लाख रुपैया राहतको घोषण्ाँ गरे पनि  पिडितहरुले मावविय संबेदनालाई पैसासंग जोडेको भन्दै प्रचन्डले घोषणा गरेको ६० लाख राहतको प्याकेज बहिकार समेत गरेका छन् । बांदरमुढे पिडितहरुको घाउंमा अझै मलम लाग्न सकेको छैन् । तत्कालिन नेकपा माओबादीले घटाएको बादरमुढे घटनाको अन्तराष्ट्रिय स्तरमा समेत आलोचना भएको छ भने माओबादीले गम्भिर गल्तीभन्दै माफीसमेत मागेको छ । यसैबीच घटनाको स्मृतिमा आज  बांदरमुढे  घटना पीडित संघर्र्ष समिति चितवनले बांदरमुढे खोलामा शोक सभा गर्दैछ ।  बांरमुढे पीडितको सकृयतामा बनेको बादरमुढे स्मारको उचित संरक्षण हुन सकेको छैन ।

नारायणी अनलाईनवाट