वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा जाने तयारीमा

39 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ ३ पुस २०८१ । नेकपा एमाले छाडेर छुट्टै पार्टी गठन गरि बसेका वामदेव गौतमलाई नेकपा (एकीकृत समाजवादी)ले  पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

त्यसका लागि वार्ता र छलफल भइरहेको भन्दै केही प्राविधिक कारणले मात्र रोकिएको सो पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् ।

‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ । पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौँ’, मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले भने ।

तत्कालीन एमालेको उपाध्यक्ष रहेका गौतमले २०७८ भदौ १८ गते एमाले परित्यागको घोषणा गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले एमाले परित्याग गरेका थिए ।

त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहे । उनी राष्ट्रिय सभा सांसद पनि छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *