महिला सभासद र अपाङगता महिलाको पीडा एकै
657 पटक पढिएको
बाबुराम श्रेष्ठ
हाम्रो देश नेपालमा राजनीतिले ठूलै फड्को मारि रहेको छ । मंसिर ४ गतेको संविधान सभाको निर्वाचन पछि देशमा झन् राजनीतिको ठुलो आधिबेरी आइरहेकोे छ । संविधान सभाको निर्वाचन भएको लामो समय वितिसक्दा समेत देशमा जनताहरुले चाहे अनुसारको संविधान अहिले सम्म बन्न सकेको छैन् । सायद सभासदहरुको भाग बण्डामा नै कुरा नमिलेर होला । कति महिला सभासद भएको
अवसरमै चिल्लो गाडी चढ्ने सपनाहरु पनि देखि रहेका होलान् भने अपाङगता भएका महिलाहरुले भने महिला सभादहरुले अपाङगताहरुको हक हितको लागि कहिले बोलि देलान् भनी बसी रहेका छन् ।
महिला सभासद र अपाङगता महिलाहरुको पीडा एकै होलान् । तर चिल्लो गाडी चढ्ने र एउटा बन्द कोठामा बसेर रुने मात्र फरक छ । उता महिला सभासद गाडी चढि रहने अपाङगता महिलाहरु रोईरहने अनि पीडा एकै भएन त ? महिला सभादको जस्तै पीडा आज सुनसरी जिल्ला वडा नं १ मा
जन्मनु भएका तुप्ला लुंगेली मगरले पनि यस्तै पीडा भोग्दै आई रहनु भएको छ । शरीरक रुपले उहाँ एउटा महिला अपाङ्गता हुनु हुन्छ । आमाको कोखबाट यस धर्तीमा पाईला टेक्नु भएको ५ बर्षको उमेर मै उहाँलाई पोलियो रोगले सदा सदाको लागि समाति रह्यो । त्यस समय पछि उहाँले आफ्नो दैनिकी जीवन यापन गर्न अर्काको सहायता लिनु पर्ने बाध्यता भो । अनि उहाँले महिला सभासद देखि लिएर प्रधानमन्त्री सम्म पुग्नु भो । सबै हुने खानेहरुले हुन्छ भनी मुन्टो
मात्र हल्लाउने काम गर्यो । महिला सभासद भएको समयमा अपाङगता महिलाको लागि केही गरिदेलान् भन्ने आशा लिनु भएको मगरको आशा भने आशामा नै सिमित भो । महिलाको समस्या महिला नै बुझ्दैन भने आखिर यो देशमा महिला हुनेको के अर्थ भो ? भन्नु भो मगरले । जुन एउटा राष्ट्रिय सम्मेलनबाट देशलाई हाकेर बस्नु भएका राष्ट्रपति डा. रामबरण यादवले पनि ती महिला सभासदहरुले जस्तै मुन्टो हल्लाउनु भो ।
बेइजिङ्ग प्लस २० राष्ट्रिय महिला सम्मेलनमा सुनसरी जिल्लाबाट प्रतिनिधित्व गर्नु भएका तुप्ला लुंगेली मगरको भाषण सुने पछि कति महिला दिदी बहिनीहरुको त आँखाबाट आँशु झरे भने कतिले…..को अनुभूति गर्यो । जुन भाषणमा भनिएको थियो कि पठन पाठनको दौडानमा धेरै यातनाहरु भोग्नु पर्यो, अपाङ्गता भएकाले जीवन भर रुनु पर्यो, दैवले पनि जिवन भर दुबै खुटटा नचल्ने बनाई दियो । सायद यो शब्द सुनेर होला मञ्चमा आसन ग्रहण गर्ने राज्यका ठूला ब्यक्तित्वको मनमा कुनै परिवर्तन आएन । अपाङगताको भाषण र पीडालाई राष्ट्रपति आफ्नो सम्बोधन मार्फत नेपाल जस्तो बिकासोन्मुख देशमा बेइजिङ्ग प्लस २० राष्ट्रिय महिला सम्मेलनमाबाट महिलाहरुको अस्थित्व विकास गर्ने र महिला सशक्तिकरणको लागि महिला कानुनी आवश्यक रहेको भनी सम्बोधन गर्नु भो । अज उल्टै महिलाहरुको समानतालाई ठोस अधिकार आउने गरी काम गर्नु पर्ने कुरालाई सम्बोधन गरी मञ्चबाट बाहिरी नु भो । ३ दिन सम्म सञ्चालन भएको सम्मेलनमा महिला हिंसा सम्बन्धी महिलाहरुको कुराहरु धेरै गरियो तर अपाङगता महिलाको कुरालाई कसैले बुझ्ने कोशिस समेत गरे अझ मिडियाले समेत कुनै चासो दिएन ।
राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुले ति महिलाहरुको भनाई नसुन्दा मलाई पनि कता कता तरकारीमा नुन र शरीरमा कपडा नभएको अनुभूति गरे । भोलि पल्लट यस विषयमा प्रत्येक सञ्चार माध्यमका प्रमुखलाई फोन गर्न थाल्यो । किन राष्ट्रपतिले उद्घाटन गर्नु भएको र महिला सम्मेलनको समाचार बाहिर आएन ? ति मगरको कुरा राष्ट्रपति देखि महिला सभासद सम्म कसैले सुनेन र सञ्चार माध्यमले समेत ब्यवास्थ गरें । जे होस् आफ्नो ब्यथालाई थाति राख्दै उहाँले धेरै कष्ठ भोगी रहनु भएको पनि रहेछ । शरीरका अङ्गहरु र शारीरिक प्रणलीमा भएको समस्याको कारण भौतिक सामाजिक सांस्कृतिक बातावरण साथै संरचनाको अवरोधले दैनिक क्रियाकलाप र संचालनमा सीमितता एवं सामाजिक जीवनमा सहभागिता हुन कठिनाई हुने अवस्था थियो उहाँको । उहाँको भाषाण सुनेर मैले पनि केही कुराहरु लेख्न बाध्य भए । बेइजिङ्ग प्लस २० राष्ट्रिय महिला सम्मेलनमा ७५ जिल्लाबाट महिला तथा पुरुषहरु गरी सयौंको सहभागिता रहेको थियो तर महिला अपाङगता मगर मात्र हुनु हुन्थ्यो । विडम्बना मगरको आँखाबाट भने आसुको लहरहरु भगि रहेको थियो । उहाँको त्यो आखाको आसु देखेर म छक परे । कसैले सोधेन के भो भनेर त्यो महिलालाई । त्यस पछि उहाँले भाषण बाटै भन्नु भयो पठन पाठन होस या सामाजिक कार्यक्रमा म एउटा अपाङ्गता
र्भएका महिलालाई धेरै यातनाहरु दिए राज्यको लतर्फबाट मेरा मागहरु पूरा गरेन । भन्दै भाषणमा दखेसो पोख्नु भो यादव सँग विन्ति गर्नु भो । ६ महिना गाउको मिलमा काम गरेर अध्ययन सुरु गर्नु भएको मगर डेनमार्कको सहयोगमा पदम कन्य क्याम्पस काठमाण्डौंले उहाँलाई निशुल्क पढ्ने ब्यबस्था मिलाई दियो । अनि उहाँको भबिष्य उज्यालो भो भनि भन्नु भो । यसरी उहाँका दिन चार्य वितिरहेका छ भने राज्यले उहाँको रमिता हेरिरहेका छन् । यो अर्थमा महिला सभासद देखि प्रधानमन्त्री कार्यालय सम्मका महिलाहरुले । नेपाल महिला अपाङ्गता उत्पिडित संघ, गाउँ चेली बेटी महिला समाज अपाङ्गता संघमा १२ बर्ष काम गरी सक्नु भएको छ । २०४८ सालमा शिक्षा आयोगमा नाम निकाली अहिले रा.उ.मा. विद्यालयमा पढाउँदै आउनु भएको २१ बर्ष बिताई सक्नु भएको छ । आखिर अब महिला सभासद र महिला अपाङगता पीडा एकै ?