साथी शिक्षकहरुको लागि पुनर्ताजगि तालिम

848 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ÷साथी शिक्षकहरुको लागि सञ्चालित दुई दिने पुनर्ताजगी तालिम धादिङबेसीमा सम्पन्न भएको छ । 
ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको सहयोगमा नागार्जुन डेभलपमेन्ट कम्युनिटि (एन.डि.सी.) द्धारा धादिङ जिल्लामा सञ्चालन हुंदै आईरहेको प्रवासी र तिनका परिवारका लागि एच.आइ.भी एड्स तथा यौन रोग सचेतना कार्यक्रम अन्तर्गत गाउँ गाउंमा रहेर काम गरिरहेका साथी शिक्षकहरुको लागि पुर्नताजगी तालिमको आयोजना गरिएको हो । जिल्लाको विभिन्न १५ गा.वि.स का ३८ जना साथी शिक्षकहरुको सहभागिता रहेको तालिममा एच.आइ.भी एड्स भनेको के हो यसका लक्षणहरु के के हुन् यौन रोग भनेको के हो यसका प्रकार र लक्षणहरुका साथै न्युनिकरणका निम्ति समुदायमा साथी शिक्षकको भुमिका लगायतका बिषयमा एनडिसीका कार्यकारी निर्देशक जगदिशचन्द्र भट्ट र अनुगमन तथा मुल्याङकन अधिकृत खेमराज जोशीका साथै एनडिसीद्धारा स्थापना गरिएको एकीकृत स्वास्थ्य केन्द्रका प्रमुख इश्वर श्रेष्ठले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
यसै गरी समाजमा हुने एच.आइ.भी. प्रतिको लाञ्छना तथा भेदभावका बिषयमा पनि छलफल गर्दै एचआईभि संक्रमणवाट बच्न अपनाउनुपर्ने उपाय,प्रेषण,अभिलेखिकरण लगायतका बिषयमा एनडिसीका कार्यक्रम संयोजक इश्वर कंडेल, लेखा अधिकृत नकुल सेढाई,सामाजिक परिचालक सिर्जना राना र शंकर श्रेष्ठले विभिन्न बिषयमा सहजिकरण गर्नुभएको थियो ।
प्रवासी र तिनका परिवारका लागि एच.आइ.भी एड्स तथा यौन रोग सचेतना कार्यक्रम एक बर्ष अघि देखि धादिङ जिल्लाको सल्यानटार, ज्यामरुङ, चैनपुर, खरी, ढोला, मैदी, नलाङ, सलाङ, कुम्पुर, कल्लेरी, सुनौलावजार,खाल्टे,नीलकण्ठ,साङकोष र मुरलीभञ्ज्याङ गाविसमा सञ्चालन हुंदै आईरहेको छ । कार्यक्रम मार्फत सामाजिक परिचालक र साथी शिक्षकहरु मार्फत गाउं गाउंमा पुगेर एचआईभि र एड्स तथा यौनरोग सम्वन्धी जनचेतना अभियान संचालन गरिनुका साथै,एचआईभि परिक्षण र यौनरोग उपचारका लागि संस्थाले एकीकृत स्वास्थ्य केन्द्र मार्फत जिल्ला अस्पताल र जिल्ला वाहिर समेत सिफारिश गर्दै आईरहेको छ ।