धादिङमा छैटौं पुस्तकालय दिवसमा विभिन्न कार्यक्रम
795 पटक पढिएको
धादिङबेसी÷‘एक गाउँ एक पुस्तकालय,एक बिद्यालय एक पुस्तकालय’ भन्ने नाराका साथ छैटौं पुस्तकालय दिवस धादिङमा पनि बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
पुस्तकालय दिवसको अवसरमा घुम्ति पुस्तकालय प्रर्दशनी गरिएको छ । पुस्तकालयको बिषयमा जानकारी दिदैं पढ्ने बानिको विकास गर्न घुम्ति पुस्तकालय मार्फत जानकारीमूलक कार्यक्रम गरिएको हो ।
जिल्ला सदरमुकाम धादिङबेसी लगायत जिल्लाको मुख्य बजारहरु गजुरी,मलेखु लगायतको स्थानमा घुम्ति पुस्तकालय प्रर्शसनी गरिएको थियो । प्रर्दशनिको अवसरमा बालबालिका तथा युवाहरले घम्ति पुस्तकालयमा रहेको पुस्तकहरुको अध्ययन गरेका थिए ।
यसै गरी पुस्तकालय दिवसको अवसरमा नलाङ गाविसमा रहेको जलेश्वरी प्रावि कर्नर पुस्तकालयको उद्घाटन गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेमा तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक राम प्रसाद रिजाल लगागतका अतिथिहरुले बिद्यालयमा पुस्तकालयको आवश्यकता र महत्वका बारेमा धारणा राख्नु भएको थियो । बिद्यालयमा स्थापना पछि कक्षा शिक्षण र बालबालिकाहरुका पढ्ने बानिको विकासको लागि सहज हुने बिद्यालय प्रधानाध्यपक सुन्तौली तामाङले बताउनु भयो ।
यसै गरी ाथ छैटौं पुस्तकालय दिवसको अवसरमा आज नै तसर्फू गाविसमा रहेको शिव शंकर प्राथमिक बिद्यालयले बृहत पुस्तक प्रर्दशनी मेला सम्पन्न गरेको छ । मेलाम बिद्यार्थी,शिक्षक र अभिभावकहरु समेत ५ सय भन्दा सहभागीता रहेको तसर्फूबाट मान बहादुर टुवा लामा जानकारी दिनु भयो । धादिङ जिल्लामा ५९२ सामुदायिक बिद्यालय रहेको र यस मध्ये जिल्ला शिक्षा कार्यालय धादिङ,रुम टु रिड नेपाल र बिद्यालयहरु सहकार्यमा २३३ बिद्यालयहरु व्यवस्थित पुस्तकालय स्थापना भई सकेको र बाँकी बिद्यालयहरुमा पनि पुस्तकालय स्थापना गर्न अभियान संचालन गरेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक अर्यालले धादिङ न्युज डट कम जानकारी दिनु भयो ।