भावी योजनाका लागि जिविसमा छलफल
735 पटक पढिएको
धादिङ,१७ भदौ/आर्थिक वर्ष २०७० ÷०७१मा सम्पादन गरिने योजना तथा कार्यक्रमहरुका वारेमा जानकारी दिन र गत आर्थिक बर्षमा सम्पन्न कार्यक्रम र योजनाहरुको समिक्षा गर्न सोमवार देखी धादिङबेसीमा बार्षिक योजना तर्जुमा गोष्ठि शुरु भएको छ ।
जिल्ला विकास समिति धादिङको आयोजनामा सोमवारवाट शुरु भएको बार्षिक योजना तर्जुमा गोष्ठिमा जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी निकायले गत बर्ष सम्पन्न भएका र चालु आर्थिक बर्षका लागि प्रस्तावित गरिएका योजनाहरुका वारेमा जानकारी गराउने छन ।
गत बर्ष सहभागितात्मक योजना तर्जुमा प्रकृया अन्र्तगत तयार पारिएका योजना र कार्यक्रमहरुका वारेमा छलफल गरिने छ । साथै गोष्ठिमा जिल्लाको विकास तथा सामाजिक परिवर्तनका लागि गैरसरकारी संस्थाहरुले गरिरहेका कार्यक्रमहरुको समेत समिक्षा गरिने स्थानीय विकास अधिकारी रमेश न्यौपानेले वताउनुहन्छ ।
जि वि स धादिङले तयार पारेको चालु आर्थिक बर्षको जिल्लाको योजना तर्जुमा र गत बर्षको समिक्षा गर्ने कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि र सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको जिल्ला विकास समिति धादिङका योजना तथा प्रशासकिय अधिकृत जनकराज शर्माले बताउनु भयो ।