जिल्ला प्रहरीको सुरक्षा योजना सार्वजनिक

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / नजिकिदै गएको दसैं तिहार र निर्वाचनलाई समेत लक्षित गरेर धादिङ प्रहरिले बिशेष सुरक्षा अभियान चलाऊने भएको छ । बिहीवार पत्रकार सम्मेलन गरी  जिल्ला प्रहरी कार्यालय धादिङले सुरक्षा योजना सार्वजनिक गरेको छ ।
हिन्दुहरुको महान् पर्व विजया दशमी तथा शुभ दिपावलीमा राजमार्ग क्षेत्रमा हुने गरेको चारी डकैती, लुट पाट र गुण्डा गर्दी जस्ता अपराधिक क्रियाकलापहरु न्ुयनिकरण गर्न र राजमार्ग क्षेत्रहरुमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय धादिङले सुरक्षा योजना सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक अशोक सिंहले जानकारी दिनु भयो । चार्डपर्वको समयमा सिविल प्रहरी ब्यापक रुपमा परिचालन गर्ने सिंह ले जानकारी दिनु भयो ।