गफमा होइन काममा विश्वास गर्ने जनप्रतिनिधि बिक्रमजंग राना

616 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२१ असोज २०८१ । असोज १० देखि १२ गते सम्मको अविरल बर्षा र बाढी पहिरोले राजधानी काठमाण्डौं र आसपासका जिल्ला धादिङ र काभ्रेमा जनधनको ठूलो क्षती पु¥यायो । पश्चिम भेगबाट राजधानी काठमाण्डौं प्रवेश गर्ने मुग्लिन नागढुंगा सडक खण्डमा गएको पहिरोले स्थानीयलाई मात्रै सताएन् देशैभर पिडा र भुल्न नसक्ने चोट दियो । देशका विभिन्न भागबाट काठमाण्डौं जाँदै गरेका सवारी साधन धादिङ र काठमाण्डौं जिल्लाको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोमा पुरिंदा ३५ जनाको अकालमा ज्यान गयो ।

झ्याप्लेखोला पहिरोले धेरैको सपना खोसी दियो । सहारा टुटाईदियो, खुसी खोसेर जिवनभर विर्सन नसकिने चोटहरु दिएर गयो । गन्तव्यमा पुग्न लाग्दा पहिरो खसेर पुरिएका सवारी साधनहरुको बारेमा बेलैमा जानकारी नहुंदा उद्धारमा समेत ढिलाई हुन पुग्यो । जतिबेला पहिरो भित्र मान्छे पुरिएका छन् भन्ने खबर पुष्टि भयो त्यति बेला देखि पहिरो पन्छाउने, घाईतेको उद्धार गर्ने, पहिरो भित्र पुरिएकाहरुको उत्खनन गर्ने देखि पहिरो पन्छाएर एकतर्फि सवारी नगुड्दा सम्म एउटा मान्छेले त्यो ठाउँलाई छाड्दै छाडेन ।

झमझम परिरहेको पानीको कुनै पर्वाह नगरी ज्यानमा प्लाष्टिकको रेन कोट भिरेर, हिलो मैलोसंग पौंठेजोरी खेल्दै उद्धार र उत्खननमा निरन्तर खटिएका ति व्यक्ति दिनरात, भोक प्यास केही नभनि खटिरहेको देख्दा धेरैले उनलाई हृदयदेखि धन्यवाद दिईरहेका थिए । आपत विपतको बेला बहानाबाजी गरेर पन्छिने होइन अप्ठयारोमा परेकालाई सहयोग गर्न तम्सिने ति व्यक्ति थिए धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बिक्रम जंग राना क्षेत्री ।जनताको काम जहाँबाट गरे पनि फरक नपर्ने उनको बुझाइ छ । बिक्रम को बुझाइमा जनप्रतिनिधि जनताका इमान्दार सेवक हुनुपर्छ । ‘आर्थिक फाइदातिर लाग्ने हो भने सबै कुरा बिग्रिन्छ । उनै बिक्रमजंग संग धादिङ न्यूजले गरेको कुराकानी यस्तो थियो ।

मौसम विभागले केही दिन अघि देखि सूचना जारी गरेर अविरल बर्षा र बाढी पहिरोको सम्भावना रहेको पूर्व जानकारी गराएको थियो । विभागको पूर्व अनुमान अनुसार मौसम बदलिंदै जान थाल्यो, आकाशमा बादल मडारिन शुरु ग¥यो,बर्षा पनि शुरु भयो । असोज १० गते देखि शुरु भएको बर्षाले १२ गते विहान संगै देशैभर पीडा र कष्टको अवस्था निम्त्यायो ।
विभागले दिएको पूर्व सूचना अनुसार तीन दिन सम्म अविरल बर्षा भयो, असोज १० गते देखि शुरु भएको बर्षा ११ गते दिनभरनै जारी रह्यो, दोश्रो राती पनि बर्षा भईनै रह्यो, बिश्राम समेत नलिई बर्षाले आफ्नो अवधि लम्ब्याउँदै जान थालेपछि हरेक मान्छेको मनभित्र अब के हुन्छ भन्ने त्रासको बादल मडारिंदै मष्तिकमा मेघ गर्जन हुन थाल्यो ।

तीन दिन सम्मको अविरल बर्षाले धादिङमात्रै होइन,राजधानी काठमाण्डौ, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लामा ठूलो जनधनको क्षती गरायो । राजधानीको धेरै भाग डुवानमा प¥यो भने पहाडी भेगमा बाढी र पहिरोले वितण्डानै मच्चायो । सामाजिक सन्जाल र नेपाली मिडियामा बाढी पहिरोका दर्दनाक दृष्य र खबरले भरिए ।

असोज १२ गते बिहान हुँदा देशैभर बाढी पहिरोको प्रलयको खबरले सबैलाई स्तव्ध पार्न थाल्यो । राजधानी संगै धादिङ जिल्ला पनि बाढी पहिरोको चपेटामा परिसकेको थियो । नदी र खोलाहरु उर्लेर नयाँ बाटो खोज्न थालेका थिए । राती नै गजुरीमा २ जना मान्छे पहिरोमा च्यापिको र १ जना बालिकालाई खोलाले बगाएको खबर आयो । विहान भएपछि पहिरोमा पुरिएर थाँक्रेमा एक जनाको ज्यान गएको खबर सुनियो । अझै कता के हुन्छ भन्ने लागिनै रह्यो । धुनिबेसी नगरपालिकामा पर्ने सुरुङ मार्ग निर्माण स्थल रहेको त्रिभुवन राजपथमा बर्षा शुरु भएसंगै पहिरो खसेर सडक रोकिने क्रम शुरु भईसकेको थियो । त्यसो तकेही समय यता सुरुङमार्गमा पहिरो खसेर सडक वन्द हुनेक्रम चलिरहेको छ । यो पटक भने धेरैनै पहिरो खसेपछि सुरुङ मार्ग निर्माण आयोजना, सडक विस्तार आयोजना, धुनिबेशी नगरपालिका र प्रहरीको समन्वयमा पहिरो पन्छाउने काम चलिरहेको भएपनि अविरल बर्षाले लेदो खसाल्नेक्रम नरोकिदा राजमार्गमा सवारी रोकिने क्रम बढ्दै गएको थियो । दिनभरको प्रयास पछि असोज ११ गते राती ८ वजे पछि सडक एकतर्फी खुलेको जानकारी आएपनि सडकमा रोकिएका सवारी साधन अघि बढ्न सकिरहेका थिएनन् । निकै जाम थियो । बर्षा जारीनै थियो । सडकमा पहिरो खस्नेक्रम चलिरहेको थियो । अवरोध पन्छाएर सडक एकतर्फी खुलाएपनि सुरुङमार्गबाट छुटेका सवारी साधन राती अवेर सम्म झ्याप्लेखोला कट्न पनि नसकेको खबर आईरहेको थियो ।

रात छिप्पिदै जान्छ, बर्षा रोकिंदैन, अविरल बर्षा पछिको पहिरोको चपेटमा बिद्युत्तको पोल परेपछि धुनिबेसी, थांक्रे, गल्छी लगायतको क्षेत्रमा दुई दिन देखि विजुली वल्न छाडेको थियो । विजुली नहुंदा इन्टरनेट पनि वन्द थियो , मोवाईल पनि चार्ज सकिएर वन्द हुनेक्रममा थियो । बिद्युत्त, इन्टरनेट र मोवाईल वन्द भएपछि धेरैले घर वाहिरको सूचना पाउन समेत सकिरहेका थिएनन् । पानी पर्न थालेको दुई दिन भईसकेको थियो । दिनरातै एकै नासले परेको पानीले कहाँ कहाँ के के नोक्सानी ग¥या होला भन्ने कौतुहलता मनमा खेलिरह्यो । बर्षाकै बिचमा रात कट्यो बिहान भएपछि घर टोल वरिपरीे कता कता के के क्षती भयो होला भनेर जानकारी लिन विहानै घरबाट निस्किएँ । जनप्रतिनिधि र देशकै जिम्मेवार राजनैतिक दल नेकपा एमालेको कार्यकर्ता भएको कारण आपत विपतमा नाम नागरिकको साथमा रहनु मेरो कर्तव्य पनि हो ।

असोज १२ गते छ बजे घरबाट निस्किएर जहाँ जो भेटिन्छ उसैको मोवाइल मागेर गाउँटोल सबै तिर उपलव्ध हुन सक्ने मोवाइलमा सम्पर्क गर्दै सूचना लिन थालें, गाउँमा धेरै घर आगन लडेको सुचना पाए । सूचना लिंदै सबैभन्दा पहिले म आफ्नो वडामा क्षती भएको घर गोठ हेर्न गए । ७ बजे टायलघर नयाँ बस्ती मा पुगें त्यो बेला पनि धेरै ठूलो पानी परिहेको थियो । म बाहिर तिर हेर्दै थिए अचानक खोला बन्द भयो हेर्दा हेर्दै छिमेकी आमाको पसल मा बाढी पस्यो । बाढीले पसलमा क्षती गर्न थालेपछि ति बृद्ध आमालाई उद्धार गर्न म हतार हतार उहाँको पसलमा गएर बाहिर निकाले, म संगै अरु साथीहरु पनि त्यहाँ पुगेका थिए । आमालाई सुरक्षित ठाउँमा राखेर म वडा घुम्न निस्किएँ । फर्केर आउदा बाटोमा प्रहरी भेट भयो । भेटका क्रममा प्रहरीले भन्नू भयो काठमाण्डौंको चन्द्रागिरी नगरपालिकामा पर्ने सडकछेउमा गएको पहिरो खसेर झ्याप्लेखोला काठमाण्डौं धादिङको सीमा क्षेत्रमा यात्रु सहितको सवारी साधन पुरिएको अपृष्ट खबर छ । प्रहरीले दिएको जानकारी पछि मेरो मथिङ्गल घुम्न थाल्यो । कहाँबाट आएको यात्रु बस होला, कतिजना मान्छे थिए होलान, पहिरोमा पुरिंदा तिनको ज्यान नगएको होस भन्ने सोच्न थालें ।

बस पहिरोमा पुरिएको सूचना पाएपछि अरु साथीभाईलाई पनि यस्तो खबर आयो है भन्दै कानाकोट्तर्फ लागें बाटो सबैतिर बन्द भईसकेको रहेछ । म पनि पहिरोले बिचमा रोकिन पुगेपछि जे पर्ला पर्ला भन्दै म झयाप्ले खोला तर्फ लागेंं । मोवाईल बन्द भईसकेको हुंदा अरुलाई सम्पर्क गर्न सकिरहेको थिईन । पहिरोले सडक वन्दभएकाले घटना स्थल पुग्न सकिन । दिउँसो १२ बजे तिर धुनिबेसीका नगर प्रमुख बालकृष्ण आचार्य संग सम्पर्क भयो । उहाँले धार्के देखिको पहिरो पन्छाउँदै आउने बताउनुभयो । धुनिबेशी नगरपालिकाको क्षेत्र भित्र पर्ने राजमार्गमा खसेका पहिरो पन्छाएरबाटो खुलाउदै आउने सल्लाह पछि हामि संगै खत्रीपौवा सम्म गयौं । खत्रीपौवाबाट पैदल झ्याप्ले खोला पुगियो दिउँसो ४ बजे २ ओटा जेसिभि आईपुग्यो । झ्याप्लेखाला पहिरोले अस्तव्यस्त थियो । त्यहाँ पहिरो होइन पहाडनै थुप्रिएको जस्तो देखिन्थ्यो । पहिरोले के कति क्षती गरेको छ त्यहाँ भित्र के के छ भन्ने कसैलाई जानकारी थिएन । जेसिभिले पहिरो पन्छाउन सक्ने अवस्था नभएपछि त्यहाँ स्काभेटर आईपुगेको थियो । स्काभेटरको सहायतामा पहिरो पन्छाउँदै जाँदा सुन्दा पनि मुटुनै चिसो बनाउने दृष्य देखिन थाल्यो । बस, माईक्रोबस, कार पहिरो भित्र पर्दा ३५ जनाको अकालमा ज्यान गुमेको दृष्यले निकै भावुक वनायो । हिलोले पुरिएर पहिरो भित्र हराएका सवारी साधन भेटिंदै जाँदा कसैलाई जिवित उद्धार गर्न सकिएन । एक दुई गर्दै ३६ वटा शव त्यहाँबाट बाहिर निकाल्दा मन सम्हाल्न निकै गाह्रो भईसकेको थियो । बालवालिका देखि सबै उमेर समूहका व्यक्तिको शव चिन्नै नसकिने अबस्थामा बाहिर निकाल्ने काम भयो । बर्षा जारी नै थियो,उद्धार भईरहँदा पनि बेलाबेलामा माथिबाट पहिरो खसिरहेको थियो ।पहिरोबाट बच्दै उद्धारमा हामी निरन्तर जुटिरह्यौं ।

रात को १२ बजे सम्म भोक प्यास र थकाईको कुनै पर्वाह नगरी पहिरोमा परेर ज्यान गुमाएकाहरुको खोजी गरियो । बेपता भएका आफन्तको फोन निरन्तर आइ रहेको थियो । राती १ बजे पछि हामी सबै जना पहिरोले आधा पुरेको बसमा चढेर केही बेर आराम गर्यौं । बिहान ७ बजे बाट पुन बेपत्ताको खोजी मा लागियो साँझ सम्म ३६ जनाको लास निकालेर काठमाडाको शिक्षण अस्पताल पठाइयो ।
बन्द रहेको सडक राती ९ बजे पहिरो पन्छाएर धुनिबेशीको नगर प्रमुख सँग सल्लाह गरि नगरको दमकल मागेर हिलो पखाली एकतर्फी सञ्चालनमा ल्याईयो । भोलि पल्ट बिद्युत प्राधिकरण संग समन्वय गरेर वडा भरी बैकल्पिक ( काठमाडौ ) बिद्युत्त को लाइर्न जडान गरियो अनबरत ३ दिन बिद्युुतको काम मा लागें । अहिले पुर्णरुपमा धुनिबेशी भरी बिद्युुत सन्चालनमा आएको छ साथै बाढी पहिरीले बगाएको खाने पानीको व्यवस्थापन शुरु भएको छ । दशैंले छोपिसकेकोले ग्रामीण सडकको मर्मत सम्भार भईरहेको छ । वडाको सबै ग्रामीण सडकमा कम्तीमा एम्बुलेन्स सञ्चालन गर्न सकिए आपत विपदमा परेको बेला समयमै अस्पताल सम्म पु¥याउन सके कसैले अकालमा ज्यान गुमाउनु पर्दैन थियो ।

म एउटा सामान्य नागरिक हुँ । पदिय हैसियतमा भन्नु पर्दा नगरको वडा सदस्य हुँ । वडा सदस्य संग कुनै आर्थिक अधिकार हुँदैन । आर्थिक अधिकार नहुँदा गर्नै पर्ने तत्काल नगरिनहुने कामको लागि अर्को व्यक्ति र निकायसंग भरपर्नुपर्ने हुन्छ । निर्णय गर्ने पक्षले अध्ययन गरेर निर्णय गरिक्दिा यता धेरै क्षती भईसकेको हुन सक्छ । म संग नगरको शक्ति र बाहिरी जनशक्ति नभएपनि केही गनुपर्छ भन्ने दृढ इच्छाशक्ति भने छ । त्यह िइच्छाशक्तिले नै आत्मबल बलियो बनाएर म मैदानमा उत्रने गर्दछु ।
जनप्रतिनिधि भईसकेपछि आपत विपद्मा भागेर होइन गाउँवासी सँगै हुनुपर्छ भन्ने मेरो मान्यता हो । आफ्नो कार्यक्षेत्र भित्रको सडक, कृषि कुलो, बिद्यालय, मठमन्दिर, खानेपानी, बिद्युत्त, स्वास्थ्य, शिक्षा आदि सवालमा साक्षात्कार रहनु मेरो कर्तव्य हो । जनप्रतिनिध सक्रिय भए आम नागरिकले केही सेवा सुविधा पाउन सजिलो हुनेछ ।

( धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बिक्रम जंग राना संग  गरेको कुराकानीमा आधारित )


Leave a Reply

Your email address will not be published. Required fields are marked *