गायिका पूर्णिमा लामाको ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक

76 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, १४ माघ  । गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन्।

गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् । गीतमा शब्द, संगीत र एरेन्ज समेत गायक तामाङकै छ।

गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

गायिका लामाले यो वर्ष मात्रै दर्जनौं गीत सार्वजनिक गरेकी छन् । उनका ‘मुटु जली खरानी भो’, ‘फूल भनौं जिन्दगीलाई’, ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ जस्ता गीत चर्चित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *