९ बजेर ५७ मिनेटमा दशैंको टीकाको उत्तम साइत

517 पटक पढिएको

प्रकाशित मिति: २०७०, ११ आश्विन शुक्रबार ००:४६

सम्पादक: Dhadingnews.com

 

 

९ बजेर ५७ मिनेटमा दशैंको टीकाको उत्तम साइत

काठमाडौं–११ असोज । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको वडा दशैंका विभिन्न दिनका साइतहरुबारे जानकारी गराएको छ । समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी १९ गते शनिबारदेखि नवरात्र सुरु हुने र सोही दिन बिहान ९ बजेर ५१ मिनेट जादा घटस्थापना गर्न उत्तम रहेको जनाएको छ ।
२३ गते बुधबार पचली भैरवयात्रको साइत परेको जनाएको समितिले २५ गते शुक्रबार फूलपाती र सोही दिन बिहान ९ बजेर ३१ मिनेटमा तलेजु भवानीको यात्राको साइत रहेको जनाएको छ । २६ गते शनिबार महाअष्टमी र कालरात्री पूजा तथा २७ गते आइतबार महानवमीको पूजाको साइत रहेको छ । आश्विन २८ गते सोमबार विजया दशमीको दिन बिहान ९ बजेर २५ मिनेटमा देवी विसर्जन गर्ने साइत रहेको छ ।

सोमबार बिहान ९ बजेर ५७ मिनेटमा टीकाको उत्तम साइत रहेको पनि पञ्चाङग निर्णायक समितिले जनाएको छ । ९ बजेर ५७ मिनेटमा टीकाको उत्तम साइत भए पनि सोमबार टीका लगाउन साइत नै पर्खनु भने नपर्ने समितिले जनाएको छ । कार्तिक १ गते कोजाग्रत पूणिर्माको साइत रहेको कारोबार दैनिकमा खबर  लेखिएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ११ आश्विन शुक्रबार ००:४६ मा प्रकाशित