प्रेस चौतारी धादिङको एघारौं  जिल्ला अधिवेशन शनिवार धादिङबेसीमा

64 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, १८ माघ २०८१ । प्रेस चौतारी नेपाल धादिङ शाखाको एघारौं  जिल्ला अधिवेशन माघ १९ गते शनिवार धादिङबेसी मदन आश्रित स्मृति हलमा हुने भएको छ ।

चौतारी जिल्ला कार्य समितिको आज बसेको बैठकले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

जिल्ला अधिवेशनको अवसर पारेर प्रेस चौतारी धादिङले स्थापना गरेर हरेक बर्ष बितरण गर्दै आएको प्रेस चौतारी कृयाशिल पत्रकारिता पुरस्कार  वितरण गरिने प्रेस चौतारी धादिङका अध्यक्ष राजन सिलवालले जानकारी दिए । यो पुरस्कार जिल्लामा रहेर पत्रकारितामा सक्रिय प्रेस चौतारीका सदस्यले पाउने गरेका छन् । अहिले सम्म यो पुरस्कार सीताराम अधिकारी, केशव अधिकारी,रामेश्वर कार्की,सानुवाबु तिमिल्सिना,शंकर श्रेष्ठ, सरिता श्रेष्ठ,राजाराम डंगोल, अर्जुन कुमार श्रेष्ठ लगायतले प्राप्त गरिसकेका छन् ।

जिल्ला अधिबेशनले आगामी तीन बर्षका लागि नयाँ नेत्तृत्व चयन गर्नेछ । २०५५ सालमा रमेश अधिकारीको अध्यक्षतामा स्थापना भएको प्रेस चौतारी धादिङको नेत्तृत्व रमेश अधिकारी, केशव दुवाडी, सीताराम अधिकारी, केशव अधिकारी, गायत्री खतिवडा, रामेश्वर कार्की,नारायणचन्द्र सुवेदी, (कपिलदेव सापकोटा कार्यवाहक),सरोज पौडेल, सानुवाबु तिमिल्सिनाले सम्हालिसकेका छन् । अहिलेका अध्यक्ष राजन सिलवाल पनि सानुवाबु तिमिल्सिना विदेश गएपछि कार्यवाहक हुदै एक बर्ष अघिबाट अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

प्रेस चौतारी नेपालले राष्ट्रिय अधिवेशनका लागि जिल्ला तथा प्रदेश कमिटीको अधिवेशन दुई महिना भित्र सम्पन्न गर्न मंसिर २० गते परिपत्र जारी गरेको थियो।

अधिबेशनलाई सम्बोधन गर्न प्रेस चौतारी नेपालका नेताहरु विश्वमणि सुवेदी, राजेश राई,गणेश पाण्डे, हिरामान लामा,बिष्णु तारुके, शालिग्राम नेपाल आउनु हुने वताईएको छ ।

अधिबेशनकै अवसर पारेर नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्य एवं केन्द्रिय तथा प्रदेशका प्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको वताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *