बागी उमेद्वारको पक्षमा कांग्रेसको नाराजुलुस र तामझाम

670 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १७ असोज/ धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार तिलक रुवालीका बिरुद्ध बागी उम्मेद्वारी परेको छ ।SAM_0477

फणिकान्त छत्कुलीलाई आधिकारिक उम्मेदवार बनाएपनि अन्तिम समयमा तिलक रुवालीलाई टिकट दिएपछि क्षेत्रीय समितिले आधिकारिक उम्मेदवार बिरुद्ध छत्कुलीलाई वागी उम्मेदवार बनाएको हो ।

बागी उम्मेदवार बनेका छत्कुलीको पक्षमा पार्टीको झण्डा र व्यानर सहितको जुलुस निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । आधिकारिक उम्मेदवार रुवालीले भने प्रहरी सुरक्षाबीच विहान १० बज्नासाथ उम्मेद्वारी दर्ता गराउनुभएको थियो ।

आफूलाई केही व्यक्तिले उम्मेद्वारी फिर्ताका लागि दवाव दिएको भएपनि पार्टी केन्द्रले गरेको निर्णय अनुसार आफूले उम्मेद्वारी दर्ता गराएको रुवालीले बताउनुभयो । प्रहरी भ्यानमा निर्वाचन कार्यालय पुगेका रुवाली उम्मेदवारी दर्तापछि पनि प्रहरी भ्यानमा चढेर जिल्ला प्रहरी कार्यालय फर्कनुभएको थियो ।