धादिङमा चुनावी मैदानमा अधिकांश पुराना, तीनवटै क्षेत्रमा एक–एक जना पुर्वमन्त्रीको फरक फरक पार्टीवाट उम्मेदवारी
515 पटक पढिएको
केशव अधिकारी
धादिङ, १७ असोज ः धादिङ जिल्लामा उम्मेदवारी दर्ता गराउने संख्या७९ पुगेको छ । उम्मेदवार दिएका मध्ये ३९ जना स्वतन्त्र रहेका छन । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा माले,राप्रपा, राप्रपा नेपाल लगायतका दलले जिल्लाको तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन । जिल्लाको तीनवटै क्षेत्रमा एक–एक जना पुर्वमन्त्रीहरुले फरक फरक पार्टीवाट उम्मेदवारी दिएका छन । जिल्लाभरीवाट उम्मेदवारी दिने महिलाको संख्या क्षेत्र नम्बर २ मा स्वतन्त्र अम्विका अधिकारी र दलहरुको तर्फवाट एकीकृत नेकपा माओवादीका कल्पना धमला,राप्रपा नेपाल वाट अप्सरा पन्त सहित ३ जना र क्षेत्र नम्बर ३ मा नेपाल मजदुर किसान पार्टीका देव त्वनावासु र नेपाली कांग्रेसका बुद्धलक्ष्मी लामा गरी दुई जना महिलाको उम्मेदवारी परेको छ । जिल्लाभरीमा महिला उम्मेदवारको संख्या पांच जना रहेको छ ।
जिल्लाको क्षेत्र नम्बर १ वाट राष्ट्रिय प्रताजन्त्र पार्टीका केन्द्रीय सदस्य एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङ क्षेत्र नम्बर २ वाट एकीकृत नेकपा माआवादीका केन्द्रीय सदस्य एवम पुर्व बिज्ञान मन्त्री कल्पना धमला र क्षेत्र नम्बर ३ वाट नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डे रहेका छन । पुर्वमन्त्री तामाङले अघिल्लो संविधान सभा निर्वाचनमा भने उम्मेदवारी दिएका थिएनन । धमलाले अघिल्लो निर्वाचनमा नेकपा एमालेका पोलिटव्युरो सदस्य गंगालाल तुलाधरलाई पराजित गरेर धमला विजयी भएकी हुन । यसै गरी एमाओवादीका मजदुर नेता शालिकराम जमकट्टेलवाट २०६४ सालमा धादिङ क्षेत्र नम्बर ३ वाट पराजित भएका एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री पाण्डे यस पटक पनि जमकट्टेलसंग चुनावी मैदानमा उत्रिएका छन ।
मुख्यदहरुको तर्फवाट धादिङ जिल्लामा नेपाली कांग्रेसको क्षेत्र नम्बर एकमा आधिकारिक उम्मेदवार तिलक रुवालीका बिरुद्ध फणिकान्त छत्कुलीले वागी उम्मेदवारी दिएका छन । एमालेले युवा उम्मेदवार धनवहादुर घलेलाई उठाएको छ भने एमाओवादीका पुष्पविक्रम मल्ल यस पटक पनि उठेका छन । मल्ल यस अघि सोही क्षेत्र वाट विजयी भएका थिए । राप्रपावाट पुर्वमन्त्री बुद्धिमान तामाङ, राप्रपा नेपालका श्याम लामा तामाङ, नेकपा मालेका भरत नेपाल र नेपाल कम्युनिष्ट पार्टीको डिलवहादुर घिमिरेको उम्मेदवारी दर्ता भएको छ । यसैगरी संघिय गणतान्त्रिक समाजवादी दलवाट गजवहादुर लामा,मंगोल नेशनल अर्गानाइजेशनवाट विजयकुमार तामाङ,अखण्ड नेपाल पार्टीवाट मिनवहादुर अधिकारीको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर १ वाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार तिलक रुवाली बिरुद्ध फणिकान्त छत्कुलीले वागी उम्मेदवारी दिएका छन भने । यसैगरी जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा रुल्रवहादुर गेलान,ठाकुर सिम्खडा,हरिवहादुर गुरुङ लगायत रहेका छन ।
जिल्लाको क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै उम्मेदवारी दर्ता भएको छ । यस क्षेत्रमा १० स्वतन्त्र र २० दलको तर्फवाट उम्मेदवारी दर्ता भएको छ । दलहरुको तर्फवाट उम्मेदवारी दिनेहरुमा हरिप्रसाद आचार्य नेकपा माले,राजेन्द्र चवाल नेपाल मजदुर किसान पार्टी,रामजी लम्साल राष्ट्रिय जनमोर्चा,कमल कोईराला,शान्ति पार्टी नेपाल,निरवहादुर अधिकारी अखण्ड पार्टी नेपाल,नन्दप्रसाद काप्री राष्ट्रिय प्रजातन्त्र पार्टी,सुदन खांड ठकुरी चुरेभावर राष्ट्रिय एकता पार्टी,बिष्णुकुमार श्रेष्ठ नेपाल परिवार दल रहेका छन ।
त्यसैगरी गुरुप्रसाद बुर्लाकोटी नेकपा एमाले,अप्सरा पन्त राप्रपा नेपाल,नवराज थापा जनमोर्चा नेपाल,सहदेव तामाङ राष्ट्रवादी जनता पार्टी,रामनाथ अधिकारी नेपाली कांग्रेस,कृष्णप्रसाद पाण्डे राष्ट्रिय एकता पार्टी,गोमा लामिछाने नेपाल कम्यसनिष्ट पार्टी,कल्पना धमला एकीकृत नेकपा माओवादी,जंगवहदुर तामाङ सघिय गणतान्त्रिक समाजवादी पार्टी,बिरवहादुर पौडेल नेपाल नागरिक पार्टी,सुके सार्की समाजवादी जनता पार्टी,सुर्यवहादुर थापा सदभावना पार्टी रहेका छन । यसैगरी क्षेत्र नम्बर २ वाट स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अम्विका अधिकारी,वसन्त आचार्य,कृष्णप्रसाद लम्साल,जितबहादुर दमाई,अर्जुनकुमार श्रेष्ठ,भरत ढुङ्गाना,शिवराम भण्डारी,बुद्धि नेपाल,रुद्रवहादुर खत्री लगायत रहेका छन ।
जिल्लाको क्षेत्र नम्बर ३ वाट १७ दल र पांच स्वतन्त्र उम्मेदवारी परेको छ । यस क्षेत्र वाट उम्मेदवारी दिनेहरुमा रामेश्वर सिम्खडा नेकपा माले,देव त्वनाबासु नेपाल मजदुर किसान पार्टी,कर्णवहादुर तामाङ राष्ट्रिय जनमुक्ती पार्टी,जीतवहादुर भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी,टंकवहादुर भण्डारी जनमोर्चा, कान्छा तामाङ नेपाल कम्युनिष्ट पार्टी,सानुकान्छा तामाङ शिव सेना नेपाल पार्टी,सुदिप उप्रेती राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,राजेन्द्र पाण्डे नेकपा एमाले,शुरेश कुंवर राष्ट्रवादी जनता पार्टी,राजकुमार अर्याल देशभक्त पर्यावरण संरक्षण पार्टी,बुुद्ध लक्ष्मी लामा नेपाली कांग्रेस, शालिकराम जमकट्टेल एकीकृत नेकपा माओवादी,टेकबहादुर तामाङ संघिय गणतान्त्रिक समाजवादी पार्टी नेपाल,नवराज अर्याल शान्ति पार्टी नेपाल,बाबुराम थापा काजी राष्ट्रिय नागरिक पार्टी र प्रकाशचन्द्र रावलले सदभावना पार्टीका तर्फवाट उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी क्षेत्र नम्बर ३ वाट प्रल्हादप्रसाद खकुरेल,गंगासागर नेपाल,सहदेव सिलवाल,गणेशलाल श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, १७ आश्विन बिहीबार १३:०० मा प्रकाशित