एमाले धादिङको चुनावी प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियान

766 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/संविधान सभाको निर्वाचन अब मात्र २३ दिन वाँकी रहदा धादिङका सबै राजनितिक दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्र पारेका छन् । यसैक्रममा नेकपा एमाले धादिङको चुनावी प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियान अन्तरर्गत कटुञ्जे गाउँ विकास समितिको वडा नम्बर ५ को हेल्थपोष्ट डाँडाँमा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले नेकपा एमाले गाउँ पार्टी कमिटिका सदस्य नारायण कुमार शाक्यको संयोजकत्वमा ७० सदस्य चुनाव प्रचार प्रसार कमिटिको गठन भएको छ ।dhanbahadur ghale uml 1 त्यसैगरि भेलाले गाउँ पार्टी कमिटिका सदस्य वुद्धराज तुलाधारको संयोजकत्वमा ३ सदस्यीय आर्थीक संकलन समिति, युवा संघका अध्यक्ष अश्विन कुमार डङ्गोलको संयोजकत्वमा ५० सदस्सीय सुरक्षा दस्ता गठन भएको छ । भेलाले १३ गते सम्म कटुञ्जे गाविसको नौ वटै गाविसमा चुनावी प्रचार प्रसार गरि सक्ने र १४ गते आमसभा गर्ने निर्णय गरेको बताईएको छ । भेलामा गाउँ पार्टी कमिटिका सदस्यहरु, वुद्धिजीवी लगायत क्रियासिल कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसैगरि नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ को चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम अन्तर्रगत मैदी गाविसको वडा नम्बर ९ पिपलटारमा चुनावी अभियान सम्पन्न भएको छ । घरदैलो अभियानमा क्षेत्र नम्बर २ का उम्मेद्वार गुरुप्रसाद वुर्लाकोटीले मैदीमा देखिएको समस्याहरु तथा वुढिगण्डकी हाईड्रोपावर निर्माणका विषयमा आवश्यक जानकारी गराउनुभएको थियो । साथै उहाँले अगाडि अपुरो रहेको संविधान लेखनको कार्यलाई पुरा गर्ने र जनताका समस्याहरुलाई समाधान गर्ने बताउनुभयो । घरदैलो अभियान कार्यक्रममा अन्य पार्टीका १०० जना भन्दा बढि कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमाले धादिङका सदस्य कृष्ण प्रसाद अर्याल, अनेरास्ववियुका प्रतिनिधिहरु, गाउँ पार्टी कमिटिका सदस्य एवं जिल्ला कमिटिका सदस्यहरुको सहभागीता रहेको थियो । मैदी पिपलटारदेखी सुरु भएको घरदैलो अभियान मैदीको जागेटार र रातमाटेमा पनि आजै सम्पन्न भएको उद्धव भट्टले जानकारी दिनुभयो । यसैगरी चैनपुर गाउँ विकास समिति वडा नम्वर ३ मा पनि अज नेकपा एमालेको बृहत चुनावी भेला सम्पन्न भएको छ । नेकपा एमाले ३ नम्वर वडा कमटि चैनपुरका अध्यक्ष जीवनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमाले केन्द्रिय सहकारी विभागका सदस्य खेम पाठक, नेकपा एमाले धादिङका सदस्य धर्म अर्याल, हेमराज छत्कुली लगायतको उपस्थिति रहेको थियो । भेलाले जीवनाथ पाण्डेको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । कमिटिको उपसंयोजकमा हरीप्रसाद दनै र सचिव विष्णु पाठक रहनुभएको खेम पाठकले जानकारी दिनुभयो । यसैगरि नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को चुनावी प्रचार प्रसार तथा घरदैलो अभियान झार्लाङमा सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवार धनबहादुर घले धादिङको १ नं. क्षेत्रमा चुनावी अभियानमा खटिरहनुभएको छ । घलेले आज झार्लाङ गाविसमा घरदैलो सभालाई सम्वोधन गर्नुभएको छ । सभामा एमालेका नेताहरूको सक्रिय सहभागीता रहेको थियो । सभामा एमाले जिल्ला कमिटी सदस्यहरु रामहरी अधिकारी, इन्दिरा ढुङगाना लगायतका कार्यकर्ताहरुको सक्रिय सहभागीता रहेको छ । त्यस्तै त्रिपुरेश्वर गाविसको खहरेमा नेकपा एमाले धादिङ ४ नं इलाकाको बैठक सम्पन्न भएको छ । एमाले जिल्ला कमिटिका उपसचिव शम्भू थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले चुनावी कार्यक्रम प्रचारप्रसार तीव्र बनाउने र घरदैलो कार्यक्रम गर्ने निणर्य गरेको छ । त्यसैगरी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं धादिङ क्षेत्र नं. ३ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेको चुनावी प्रचारप्रसार अभियान भव्य रुपमा सञ्चालन भईरहेको छ । प्रचारप्रसारका क्रममा आज तसर्फू गाविसमा व्यापक रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । धादिङ क्षेत्र नं. ३ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कागे्रस र एकिकृत नेकपा माओवादी पार्टी त्यागेर २ सय भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । त्यस्तै नौविसे ७ को सबै वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा क्षेत्र नं ३ का क्षेत्रीय अध्यक्ष वच्चु उप्रेती, पूर्व गाविस अध्यक्ष धुव्र लाल श्रेष्ठ लगायत ५ सय भन्दा बढी एमाले कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।