धादिङ–३ मा कडा प्रतिस्पर्धा

726 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । जिल्लाभरको तुलनामा धादिङ क्षेत्र नम्बरको ३ को चुनावी चहलपहल बढी नै तातेको छ । धादिङ क्षेत्र नम्बर ३ मा एकीकृत नेकपा माओवादी र नेकपा एमालेले पुरानै दुई नेतालाई उम्मेदवार बनाएका छन् । rajendra prasad pande uml 3shalikram jamkattel ucpm 3buddalaxmi lama nc 3धादिङ ३ बाट एमाओवादीका शालिकराम जमरकट्टेल र एमालेका राजेन्द्रप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् । आक्रामक शैलीमा प्रस्तुत हुन समेत पछि नपर्ने यी दुई नेताबीचको नतिजा यतिखेर सबैको चासोको विषय बनेको छ । ०६४ को निर्वाचनमा तीनै क्षेत्रसहित क्षेत्र नम्बर ३ मा पाण्डेलाई हराउन सफल जमरकट्टेल आउँदो निर्वाचनमा पनि आफ्नै जित हुनेमा विश्वस्त रहन आश्वासन दिँदै हिडेका छन् भने एमालेका उम्मेदवार पाण्डे नतिजा उल्टाएरै छोड्ने जोडतोडका साथ प्रचारप्रसारमा छन् । भन्छन्, ‘हामी हाँसेर चुनाव जित्छौँ । कसैसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छैन ।’ ‘०६४ को निर्वाचनमा बाढी आएको थियो । अब त्यो बाaढी सुकिसकेको छ । जनताले त्यसलाई पाखा लगाइसकेको छ,’ कमाण्डर पोष्टसँगको कुराकानीमा पाण्डेले भने ।  ०४८ देखि विजयी हुँदै आएका एमालेका नेता पाण्डे अघिल्लो संविधानसभा निर्वाचनमा झण्डै १० हजार मतले जमरकट्टेलबाट पराजित भएका थिए । ०६४ मा जमरकट्टेलले २५ हजार ७५ मत ल्याएका थिए भने पाण्डेले १४ हजार ५ सय ८० मत पाएका थिए ।

०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीले चुनाव प्रचारप्रसारका लागि एमाले नेता कार्यकर्तालाई गाउँ पस्न नदिएर अवरोध गर्नुका साथै आफ्ना नेता कार्यकर्तामाथि सांघातिक हमला भएकै कारण चुनाव हार्नुपरेको भए पनि यस निर्वाचनमा आफूले चुनाव जित्ने पक्का भएको एमाले नेता पाण्डे बताउँछन् । जनताले अब पैसा भन्दा दिगो विकास खोजेकाले पनि आफु विजयी हुने उनले दाबी गरे । एमाओवादीका जम्मरकट्टेलले गाउँगाउँमा चुनावी सभाको आयोजना गर्दै जनताले आफूलाई भारी मतले विजय गराउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् । यस क्षेत्रमा अघिल्लो निर्वाचनबाट पनि आफू विजयी भएकोले अहिले पनि आफू सहजै विजयी हुने उनले बताए ।

०६४ को निर्वाचनमा नेपाली कांग्रेसले यस क्षेत्रवाट डाक्टर राजाराम कार्कीलाई उम्मेदवार बनाएकामा यसपटक बुद्धलक्ष्मी लामालाई उम्मेदवार बनाएका कारण नेपाली काग्रेसले आफ्नो अवस्था सुधार भएको दाबी गरेको छ । घरदैलो अभियानका क्रममा भेटिएका कांग्रेस उम्मेदवार बुद्धलक्ष्मी लामाले बिगतदेखि कम्युनिष्ट पार्टीले निर्वाचन जित्दा केही प्रगति नभएको क्षेत्र नम्बर ३ मा अब जनताले कांग्रेसले जित्ने बताइन् । धादिङमा उम्मेदवारी दिएका मुख्य तीन प्रतिस्पर्धी सबै स्थानीय हुन् । नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे गजुरीका हुन् । एमाओवादीका उम्मेदवार शालिकराम जम्मरकट्टेल किरानचोकका हुन् भने नेपाली कांग्रेसकी बुद्धलक्ष्मी लामा नौबिसेकी हुन् । अघिल्लो निर्वाचनमा ९० हजार ३ सय १९ मतदाता रहेको धादिङ ३ मा फोटोसहितको मतदाता नामावली अनुसार ६३ हजार ६ सय २३ मतदाता छन् ।